युवा फुटबलर यमालका बुबामाथि चक्कु प्रहार

डिसी नेपाल
३१ साउन २०८१ २१:०९

काठमाडौं। स्पेनका युवा फुटबल स्टार लामिन यमालका बुबामाथि चक्कु प्रहार भएको छ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार यमालका बुबा मौनिर नसरोईमाथि बुधबार तटीय सहर मातारोमा आक्रमण भएको थियो। उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो। हाल उनको अवस्था स्थिर रहेको छ। उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताइएको छ।

यमालका बुबाको कार पार्किङ स्थलमा विवाद भएपछि उनीहरुले चक्कुले प्रहार गरेको रिपोर्टमा उल्लेख छ। प्रहरीले यमालका बुबाको स्वास्थ्य अवस्थामा सुधार भएको र खतरामुक्त रहेको जानकारी दिएको छ।

हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका यमाल हालै सम्पन्न युरोकपमा स्पेनलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *