कविता : सपनाहरू मात्रमा के छ र अर्थ
रगताम्मे छन् बाबाका हातहरू
तथापि मलाई मेरो भबिष्य भएन
मलाई आफ्नै महत्वको ख्याल छ
उनको सपनाहरू मात्रमा के छ र अर्थ।।
बगल्लती छन् सपनाका महलहरू
सँगैसँगै अगेनोमा बुनेका छन् सपनाहरू
मलाई सपनाको कुनै महलको के अर्थ
उनको सपनाहरू मात्रमा के छ र अर्थ।।
अघाँध छन् देशप्रेमका भावनाहरू
सँगसँगै छन् गाँउबेशीका आस्थाहरू
खोक्रो सपनाहरूको यादमा कता बसुँ
उनको सपनाहरू मात्रमा के छ र अर्थ।।
अनेकौं भरोराहरू छन् म माथि
सँगसँगै छन् प्रतिद्वन्द्वीका आवाजहरू
अनिश्चितताको प्रयोगमा कहाँ अटाउँ म
अनि फेरि सपनाहरू मात्रमा के छ र अर्थ।।
बाबा मसँगै छन् यहाँहरूका सपनाहरू
सँगसँगै छन् सम्भावनाका आयामहरू
भूगोल नाप्न हिँडेका पाइलाहरू माथि
तपाईंका सपनाहरू मात्रमा के छ र अर्थ।।
म तपाईं जस्तै त होइन नि बाबा
म त अघोषित बिडम्बना हुँ कि
मलाई राष्ट्रबोध छैन म स्वतन्त्र हुँ
त्यसैत सपनाहरू मात्रमा के छ र अर्थ।।
रगताम्मे छन् बाबाका पाइलाहरू
म त अघोषित स्वेत धाबकमात्र हुँ
मलाई समाचार बन्नु मात्र छैन
सपनाहरू मात्रमा के छ र अर्थ।।
जताजतै बेग छ बाबा यतातिर
म मात्र आफ्नो अस्तित्व चाहान्छु
मलाई केवल आफ्नो सिरानी चाहिन्छ
तपाईंइको सपनाहरू मात्रमा के र अर्थ।।
-विरूवा, भक्तपुर
Facebook Comment