इजरायली बस्तीका बासिन्दाहरूले वेस्ट बैंकको एउटा गाउँमा आक्रमण गरे

डिसी नेपाल
३२ साउन २०८१ १४:४६

काठमाडौं । इजरायली बस्तीमा बसोबास गर्ने मानिसहरूले वेस्ट बैंकको एउटा गाउँमा घर र कारमा आगजनी गरेका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् जसलाई छातीमा गम्भीर चोट लागेको छ ।

आगजनी गर्ने इजरायली बस्तीका केही मानिसहरूले मास्क लगाएका थिए।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार साँझ नाब्लस शहर नजिकै रहेको जिट गाउँमा आक्रमण गर्ने मानिसहरूले ढुङ्गा प्रहार गरेको बताएको छ।

इजरायली नेताहरूले यो आक्रमणको निन्दा गरेका छन्। उनीहरूले अपराधीलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

इजरायली रक्षा बलले आक्रमण गर्ने एक व्यक्तिलाई हिरासतमा लिइएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *