यात्रा पूर्वी नेपाल
बि.सं २०८१ श्रावन २५ र २६ गते सुनसरीको इटहरीमा हुन गइरहेको किवानिज मनेपालको छटौं डिष्ट्रिक कन्भेन्सनमा सहभागीको लागि आपसी सल्लाह र निधोअनुसार लर्ड बुद्धका साथीहरू पूर्वी नेपाल जाने योजना अनुसार बुधबार बिहान ५ बजे तुलसीपुरस्थित मेरो निवासमा जीप आइपुग्यो।
मैलै सबै साथीहरूलाई फोन गर्दा सबै साथीहरू तयार भइसक्नु भएको जानकारी पाए। मैले गाडी लिएर किवानिज कल्व अफ लर्ड बुद्धकी इलेक्ट प्रिजिडेन्ट नारायणी रजौरे र उहाँको छोरा नविन अधिकारीसहित तुलसीपुरबाट पूर्वी नेपालको यात्रा खुसी हुँदै आराम्भ गर्याैं।
अरु साथीहरू बाटोमा आइसक्नु भएको थियो। उहाँहरूले हामीलाई अत्ताइरहुन भएको थियो। तुलसीपुर १८ मनिकापुरमा दामोदर बस्नेत राकेश चढ्नु भयो त्यसैगरी घोराहीबाट सुशीला शाहसहित डराइभर गरी छ जना पूर्वी नेपालका मनमोहक प्रकृतिको अविश्मरणीय दृष्यावलोक गर्दै त्यस क्षेत्रमा रहेका धार्मिक स्थलहरुको दर्शन पूजा आजा अर्चना गर्ने र नेपालका ब्यापारिक औद्योगिक शहरहरुको स्थलगत अवलोकन अध्ययन गर्दै क्लवको कन्भेन्सन सहभागीका लागि सहयात्रामा निस्क्यौँ।
झोला बोकेर गाडीमा चडेर बिहानै तुलसीपुर बजारबाट तराईको तातो बाफमा तात्तिँदै त्यहाँका मनोरम दृष्यको अवलोकन गर्दै बिहानको ८ बजेतिर दाङको मुसोटको पाहाडमा फोटो खिच्यौं साथीहरुले भिडियो बनाउनु भयो।
एकछिन भएपनि वनजंगल, हरियालीको आनन्द लिएर दाङ उपत्यकालाई नियाल्ने अवसर मिल्यो। त्यहाँवाट नविन अधिकारीले चियानास्ता खाने प्रस्ताव राखेकाले लुम्विनी प्रदेशको राजधानी भालुवाङमा चिया नास्ता खाने सल्लाहअनुसार भालुवाङमा संयोगले नेपाली कांग्रेस सम्वन्ध ट्रेड युनियनका नेता भिम मसासीनीसँग भेट भयो।
उहाँले पनि सँगै बसेर चिया खाने प्रस्ताव राखेकोले त्याहा सबैले जेरी पुरी तरकारी खायौं। भिम मरासिनी ईन्द्रणी कल्वको अध्यक्ष पनि हुनुहुँदो रहेछ त्यस कल्वले त्यस क्षेत्रमा सामाजिक काम धेरै गरेको रहेछ। आफ्नै तीन तले भवन रहेछ।
उहाँले इन्द्रणी कल्वको भवन पनि देखाउनु भयो। गाडीका चालक रामु चौधरीले गाडीमा लोकगीत लगाइ दिएर हाम्रो यात्रामा अझ रमाइलो थपी दिन्छन्। हाम्रो सहयात्री सुशीला शाहले पनि स्वदेश गीत समुधर गाउँदै रमाइलो गर्दै शिवनगरमा फेरि भिडियो बनाएर चनौटामा भेटिएका ट्राफिकले कृष्णनगर बहादुरगञ्जको बाटो जाँदा धेरै राम्रो छ भन्ने सल्लाह दिएकोले त्यही बाटोबाट कपिलबस्तुको कृष्णनगर बजार पनि हेर्ने आपसी सल्लाह अनुसार कृष्णनगरमा गयौं। त्यहाँ नेपाली काँग्रेसका नेता एवम पूर्व सांसद अभिषेकप्रताप शाहसँग भेट भयो।
उहाँले पनि चिया खाने प्रस्ताव राखेकोले सँगै बसेर चिया पिउँदै कृष्णनगर बजारको स्थापनादेखि लिएर नेपालको ऐतिहासिक नाका कृष्णनगरको बारेमा जान्ने मौका मिल्यो। त्यहाँदेखि कपिलमुणिको पावन भूमी कपिलबस्तुको सदरमुकाम तौलीहवा हुँदै भगवान गौतम बुद्धको जन्मभूमि कपिलबस्तु गयाँै। वास्तवमा हाम्रो लागि त्यो बाटो नयाँ थियो तर धेरै राम्रो रहेछ।
तौलीहवा राणाकालीन समयमा तराईको ठूलो प्रशासनिक इकाई हो। राणाहरुले मुद्दामामिला फैसलागर्ने, कर उठाउने प्रशासनिक इकाई राखेका थिए त्यहाँ बस्ने मुख्य कर्मचारीलाई बडा हाकिम भनिथ्यो। कपिलबस्तुको सदरमुकाम तौलिहवा बजारलाई छिचोल्दै भगवान गौतम बुद्धको जन्मस्थल कपिलबस्तु ११ः३० बजे पुग्यौँ। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी हिन्दू र बौद्धमार्गीको लागि ठुलो तीर्थस्थल हो।
हिन्दूशास्त्रहरुमा भगवान् बिष्णुका दशअवतार मध्ये नवौं अवतार गौतम बुद्धहुनुहुन्छ भन्ने उल्लेख गरिएको छ। गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्मभएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो। गौतम बुद्धको जन्म इशापूर्व ५६३ बैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनीमा भएको थियो। सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो।
सिद्धार्थ संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारणको खोजीको लागि २९ वर्षको उमेर गृह त्याग गरी सात वर्षसम्म कठोर तपस्या पश्चात् भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठान पूर्वक ध्यान गर्दा गर्दै उहाँलाई ज्ञान प्राप्त भयो र त्यसपछि उहाँलाई सम्यक सम्बुद्ध भनेर चिनिन थाल्नु भयो।
त्यसपछि उहाँले नेपाल र भारत का विभिन्न ठाउँ पुगी दुःख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न लागिपर्नु भयो। उहाँको मृत्यु भारतको कुशीनगरमा ईशा पूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात जन्मदिनमा नै भएको थियो। उहाँले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको हो। हामीले बुद्धको जन्मभएको शीलाको दर्शन गर्यौं। भारतका सम्राट अशोकले बुद्धको जन्मस्थलमा ठडिएको अशोक स्तम्भको दर्शन गर्याैं।
अहिलेसम्म इतिहासको रुपमा ठडिएको स्तम्भमा पालि भाषामा लेखिएको रहेछ। यस स्तम्भले इतिहास, धर्म संस्कृति सहिष्णुताको ज्वलन्त उदाहरण बनेर रहेको छ। दियो, तलाउ, मन्दिर सवैक्षेत्रको दर्शन गर्यौँ। नेपाली,भारती र बिदेशी धर्मालम्वीहरु आएका थिए।
शान्तमनोरम्म ठाउँमा अवस्थित भगवान गौतम बुद्धको जन्मस्थलमा हामी सबैले दर्शन गरौं। लुम्बिनी बिकास कोषले ब्यबस्थापन राम्रै गरेको रहेछ। सुबिधाको लागि पनि शौचालय, यातायतको व्यवस्था राम्रै रहेछ।
हामीले यात्रालाई ब्यबस्थपन गर्ने जिम्मेवारी मेरो थियो भने एकाउन्टेन्टको जिम्मवारीमा दामोदर बस्नेत राकेशलाई चुनेका थियौं भने गुगल म्याप हेरेर बाटो पत्तालगाउने जिम्मा नविन अधिकारीलाई दिएका थियौं। त्यसैगरि यात्राभरि स्वदेश गान गाउने जिम्मा नारायनी र सुशीलाले लिनु भएको थियो। सवैको सल्लाह अनुसार त्यहाँबाट भैरहवामा खान खाने योजना अनुसार यात्रालाई अगाडि बढाऔं।
किवानिज कल्वका ईन्टरनेशनल ट्रेजर मोहन लम्सालले फोन मार्फत पटक पटक यात्राको बारेमा सोध्दै त्यस क्षेत्रमा आफूले अनुभव गरेको नयाँ कुरा शेयर गर्दै हाम्रो यात्रालाई थप रोमाञ्चित बनाई दिनु भएको थियो भने दाङबाट डिभिजन फाईभका एलटी गर्भनर भुपाल रावतले पनि पटक पटक फो मार्फत यात्राको बारेमा सोधिरहनु भएको थियो।
त्यसैगरी अनिता पोख्ररेल, आशिष केसी र हेमराज डागीले पनि यात्राको वारेमा जानकारी लिईरहनु भएको थियो। भगवान् गौतम बुद्धकै चर्चा गर्दै बर्घाघाटमा खाना खाऔं। दाउन्ने नारायणघाट सडकको बिषयमा सवै साथीहरुले चासो राखेकोले दामोदर बस्नेत राकेशले त्यस सडकखण्डको यात्रालाई प्रबिधिको प्रयोग गरि लाईभ प्रसारण गरे।
नेपालको ठूलो नदी नारायणीको दर्शन गर्दै पाँच बजेतिर नारायणघाट पुग्यौं। हाम्रो यात्रालाई निरन्तरता दिँदै सात बजेतिर बागमती प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौंडा पुग्यौँ। त्यहाँ कुन लज बस्न उपयुक्त छ भनी सोधपुच्छ गर्दै जान्दा सूर्यना लज उपयुक्त मानी त्यस रात बास बस्यौं।
भोलि पल्ट २४ गते बिहिबार बिहान हेटौंडा शहर र त्यस शहरको ऐतिहासक महत्वको बारेमा जानकारी लिएर नेपालको सवैभन्दा ठूलो ब्यापारिकनाका बिरगंज १० बजेतीर पुग्यौं। त्यहाँ नेपाल भारत मैत्री संघका निर्वतमान केन्द्रीय अध्यक्ष राजकुमार सिन्धीसँग भेट भयो। उहाँले हामीलाई श्रद्धापूर्वक सम्झना होटलमा लगेर कफी पिउँदै नेपाल भारतको सम्वन्ध र नेपालको उद्योग ब्यापारको बिषयमा छलफल गर्यौं।
त्यही लजमा बस्नु भएका वैतडीका साथीसँग पनि भेट भयो। त्यहाँदेखि पथलैया हुँदै हरियो वन नेपालको धन चारकोषे झाडीलाई छिचोल्दै नयाँ शहर बर्दिवास हुँदै सिराहको वन्दीपुरमा सुशीला शाहले भूइँकटहरु किन्नु भयो कति स्वादिलो रहेछ।
त्यसैबेला नारायणी रजौरे कर्मचारी युनियनको केन्द्रीय सल्लाहकार चयन भएको फोनमार्फत जानकारी पाएपछि उहाँले खुसी भएर सवैलाई मिठाई खुवाउने प्रस्ताव ल्याउनु भयो।
सबैको सल्लाहअनुसार सप्तरीमा बाजेका पेडा खाने निर्णय गरेपछि सप्तरीमा बाजेका पेडा खाएर कोशी ब्यारेकमा फलफूल र झिङे माछा खुवाउने जिम्मा राकेशले लिए। सात नदीको मिलन सप्तकोशी कौशिक ऋषिको नामबाट रहन गएको हिन्दु शास्त्रहरुमा पाइन्छ।
बि सं २००८ सालमा सप्तकोशीमा पुल बनेपछि पूर्वी नेपाल राजमार्गबाट जोडिएको हो। विशाल नदीमा ५२ वटा ढोका भएको स्थानीयले बताएका थिए। हामीले पनि मजासंग सप्तकोशीलाई नियाल्ने मौका पाऔं। विश्वमा सवैभन्दा बढी एकै ठाउमा पाइने चराचुरिङ्गीको वासस्थान कोशी सिमासार हेर्ने सुअवसर मिल्यो।
त्यहाँबाट कार्यक्रम हुने स्थान सुनसरीको इटहरीमा छ बजेतिर पुग्यौं। कार्यक्रम आयोजकले हामीलाई टुरिजम लजमा बस्ने ब्यबस्था मिलाई दिएका रहेछन्। आफू पुगेको थाहा पाएपछि आयोजक क्लबकी अध्यक्ष ममाता राईले हर्षले दाङबाट आइपुग्नु भयो भनेर लाइभ गरेर सवै कल्वका प्रतिनिधिहरुलाई जानकारी गराउनु भयो।
त्यस दिन त्यही लजमा बसौं भोलिपल्ट शुक्रबार बिहानै नित्यकर्म सिध्यार पवित्र तीर्थस्थल बराह क्षेत्र, चतराधामको दर्शन गर्यौं त्यसपछि धरानको शहर भित्र रहेको बुढा सुब्बाको पनि दर्शन गरेर कार्यक्रम स्थल इटहरीमा ११ बजेतिर फर्कियाैं।
त्यहाँ दाङबाट गएका र अरु कल्वबाट सहभागी साथाीसँग भेटघाट भयो। त्यसदिन बिकास लम्सालले लुम्विनी प्रदेशका सवै प्रतिनिधिलाई बरण्डा लजमा बस्ने ब्यबस्था मिलाएको जानकारी गराउनु भयो र हामीले पनि त्यही लजमा कोठा लिएर झोला झिम्टी थन्काई नेपालको पुरानो औद्योगिक क्षेत्र बिराटनगर घुम्ने जाने निर्णय गर्यौं।
बिराटनगर औद्योगिक क्षेत्र हेर्दै छिमेकी मुलक भारतको जोगवनीसम्म गयौं। त्यहाँ केही किनमेल गरी कार्यक्रम हुने समय तीन बजे भएकोले दुई वजेतीर आफू बसेको लजमा आइपुगी कार्यक्रम हुने स्थान सोल्टी होटमा तीन बजे नै पुग्यौं।
कार्यक्रमको उद्घाटन प्रमुख अथिती कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र किवानिज इन्टरनेशनलका बिदेशी प्रतिनिधिहरु हुनुहुन्थ्यो। त्यसैगरी पूर्वमन्त्री रामकुमार सुब्बालगायतका पाहुनाहरु आइरहेका थिए। गेट, हल सबै क्षेत्रमा क्विानिज क्लबले सजाइएको थियो।
भोलिपल्ट नेतृत्व चयन गर्ने कार्यक्रम ९ वजे देखि सुरु हुने भएकोले कोशी प्रदेश प्रमुख प्रशुराम खापुङगलाई भेट्न बिहानै उहाँको निवास बिराटनगरमा गयौं। त्यहाँ चिया बिस्कुट खाएर फोटो खिच्यौं। त्यसपछि कार्यक्रममा सहभागी भयौं। उम्मेदवार आफ्नो पक्षमा मत पार्नलाई साथीहरुलाई भेटघाट गर्ने कार्यलाई तिव्रता दिएका थिए।
कार्यक्रम निर्वाचन प्रकृया गए पछि जितहार स्वभाबिकै हो। क्लवको बिधान अनुसार किवानिज इन्टरनेशनल नेपालको वर्ष २०२४–२५ का लागि आगामी अक्टोबर १ देखि कार्यभार समाल्ने छन्।
गर्भनरमा कृष्णप्रसाद ज्ञावाली इलेक्ट गर्भनरमा डा.रामशरण थपलिया पहिले नै चयन भइसकेका थिए भने भाइस गर्भनरका लागि मतदान भएको थियो। त्यस पदमा रामहरि सुवेदी निर्वाचित हुन सफल भए भने उनका प्रतिस्पर्धी श्यामकृष्ण फुयाल थिए।
दाङ आउनु पर्ने भएकोले कार्यक्रम समापन नहुँदै बेलुका ५ बजेतिर दाङको लागि प्रस्थान ग¥यौँ। सुन्दर पाहाड र मनमोहक प्रकृतिको अविश्मरणीय दृष्यावलोक गर्ने एकमात्र हाम्रो उद्देश्यलाई निरन्तर उत्साहित र निर्देशित गरिरहेको थियो।
हाम्रो यात्रालाई दाङ तुलसीपुर किवानिज कल्वका अध्यक्ष बिमलकुमार पौडयालको टिमले पनि पछ्याइरहेको थियो। उहाँहरुको त्यसदिनको बसाई सिन्धुली थियो भने हाम्रो हेटौंडा। उदयपुरको गाइघाट पार गरेसकेपछि वर्षाले हामीलाई स्वागत गर्न सुुरु गरिसकेको थियो।
हाम्रो यात्रा उदयपुर सिन्धुलीका मनमहोक दृष्य हेर्दै ११ बजेसतर हेटौंडा पुगियो। आइतबार दाङको लागि बिहान ८ बजे यात्रा शुभारम्भ गरियो। तराईको तातो हावासँगै चतवनको सौरहामा एकछिन दृष्वालोकन गरी करिव ११ बजेतीर सप्तगण्डकीमा एकछिन दर्शन गरी यात्रा अगाडि बढायौं।
दाउन्नेमा खाना खाएर सवैको सल्लाह अनुसार भैरहवाको बाटो जाने केही किनमेल गर्ने योजना अनुसार भैरहवामा केही किनमेल गरि लुम्विनी हुँदै चनौटामा चिया नास्ता गरियो।
छिट्टै कल्वको समीक्षात्क बैठक बस्ने सहमति गर्दै राति १० बजेतिर दाङ तुलसीपुर आइपुगेका थियाैं। पाँच दिनको यात्रामा धेरै अविष्मरणीय क्षणहरु मुटुमा सजिएका छन् भने बिभिन्न धार्मिक तीर्थस्थलहरुको दर्शन पूजाआजा गर्न पाएकोमा मन खुसीले प्रफुल्लित भएको छ।
Facebook Comment