परराष्ट्रमन्त्री राणासँग अमेरिकी उपविदेशमन्त्री वर्माको भेटवार्ता

काठमाडौं। अमेरिकी व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्रमन्त्री डा।आरजु राणा देउवासँग भेटवार्ता गरेका छन्।
शुक्रवार अपराह्न परराष्ट्रमन्त्री देउवा र उपविदेश मन्त्री वर्माबीच भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको जनाएको छ। आजै काठमाडौं आएका उपविदेश मन्त्री बर्माले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए।
प्रतिक्रिया
Facebook Comment