महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

डिसी नेपाल
३२ साउन २०८१ १६:२६

काठमाडौं। राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई सरकारले जनही ३-३ लाख दिने भएको छ ।

सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३-३ लाख दिने निर्णय गरेको हो ।

त्यस्तै मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही एक लाख २० हजार दिने निर्णय गरेको हो ।

साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेलाडीहरुलाई सो पुरस्कार रकम दिने निर्णय गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *