थामे गाउँमा तत्काल उद्धार गर्न मुख्यमन्त्री कार्कीद्वारा निर्देशन

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा थामे खोला र भोटेकोशीको बाढी र पहिरोपीडित भएकाहरुलाई तत्काल उद्धार गर्न सुरक्षा निकायलाई आज निर्देशन दिएका छन्।
उनले बाढी र पहिरोमा परेकालाई तत्काल उद्धार एवं राहत वितरण गर्न निर्देशनसँगै सो स्थानमा उद्धार टोली पुगिसकेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।
खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा आज दिउँसो बाढी र पहिरो आएपछि मुख्यमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। सो क्षेत्रमा तत्काल भएको क्षतिको विवरण आइनसकेको बताइएको छ।
प्रतिक्रिया
Facebook Comment