क्यान्सर पीडित सृजना खड्का कार्कीको उपचारका लागि आर्थिक संकलन अभियान

डिसी नेपाल
२ भदौ २०८१ ११:१४

नयाँ दिल्ली। सिर्जना खड्का बचाउ अभियानमा सामाजिक अभियान्ता बिष्णु शर्माको संयोजकत्व र नेपाल कल्याण समाज जापानको कार्यसमितिको निर्णयमा जापान भरी नै आर्थिक संकलनको अभियान सुरू भएकाे छ।

नेपाल कल्याण समाज जापानले नेपाल र नेपालीका लागि फरक ढंगले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। भूकम्प तथा बाढी पीडितदेखि विपन्न तथा टुहुरा बालबालिकालाई सहयोग गर्दै आएको छ। पछिल्ला दिनहरुमा नेपालमा ब्लडसँग सम्बन्धित कार्यक्रममा पनि सहकार्य गरिएको छ।

समाज सेवी तथा नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्माले नेपालमा व्यक्तिगत रूपमा पनि थुप्रै सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आएका छन्। अरुको दुःखमा सधैं साथ र सहयाेग गर्नुपर्छ भन्ने उद्देश्यले अभियान सुरु भएको हाे। संस्थागत तथा व्यक्तिगत रूपमा बिष्णु शर्माले यो अभियानलाई निरन्तरता दिने बताएका छन्।

व्यवसायी तथा समाजसेवी नेपाल कल्याण समाज जापानका उपाध्यक्ष शर्मा र नेपाल कल्याण समाज जापानको संस्थागत पहलमा यो अभियान सुरू भएकाे हाे। क्यान्सर पीडित सिर्जना खड्का कार्कीको उपचारमा आर्थिक सहयोग अभियान जुलाई ३० बाट सुरू गरि अगस्ट १३ गते सम्म अभियान सुरु संचालन गरिएकाे थियाे।

जसमा नेपाल कल्याण समाज जापानका उपाध्यक्ष शर्माकाे पहलमा जापानमा भएका विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक व्यक्तित्वसँग आर्थिक अभियानमा सहयोगकाे पहल भएकाे थियाे।

जसमा जापान भरिबाट संघसंस्था तथा व्यवसायिक सामाजिक व्यक्तित्वलगायत धेरै जनाले सहयोग गरेका थिए। संयोजक शर्माले अभियानमा सबै नेपाली माँझ सहयोगकाे अपिल गर्दै सिर्जना खड्काको उपचारको लागि लाग्ने १ करोड भन्दा बढि उपचार खर्चलाई मध्यनजर गर्दै सहयोग गर्ने पनि पहल भइरहेकाे जानकारी दिए।

दोलखा जिल्ला तामाकोशी गाउँपालिका-२ झुले घर भई हाल ओसाकामा बस्दै आइरहेकी सृजना खड्का कार्कीलाई सन् २०२१ को मार्चमा बिरामी भई जाँच गराउदा प्यान्क्रियाटिक/अनाशयीको न्युरोईन्डोक्राइन क्यान्सर भएको र उपाचारार्थ जापान इन्स्युरेन्स कभर नहुने हुँदा एक डोजको लागि ३०० मान येन लाग्ने तथा जम्मा चार डोजमा उपचार गर्नु पर्ने भएकोले कुल १ हजार २०० मान येन लाग्ने स्वयम् सृजना खड्का कार्की बैनीबाट जानकारी आएको छ। यति धेरै रकम आफैंले व्यबस्था गर्न नसक्ने भएकाले सहयाेगकाे अपिल गरिएकाे छ।

अभियानमा आफूले सक्ने सहयोग गरी सृजना खड्का कार्कीको उपाचार्थ सहयोग गरिदिन अनुरोध गरेसँगै नेपाल कल्याण समाज र समाजसेवी शर्माको पहलमा चार लाख साठ्ठी हजार आठ सय चौवालीस जापानी ऐन सहयोग रकम पीडित सिर्जना खड्का कार्कीलाई हस्तान्त्रण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *