पूर्वाधार समितिले जलस्रोत विद्येयक २०८१ माथि सांसदहरुसँग छलफल गर्याे (भिडियाे)
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विद्येयक २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरुले विद्येयकलाई समयअनुकुल र न्यायोचित बनाउनका लागि संशोधन राखिएको धारणा राखेका छन् ।
सांसद उदयशम्शेर राणाले ऐन नबाझिने गरि कानून निर्माण गर्नुपर्ने बताए । जलश्रोतका सम्पूर्ण निकायलाई एउटै छातामूनी ल्याउने कामले लगानीलाई प्रोत्साहित गर्ने उनले बताए। उनले लगानी आइसकेपछि पनि सहज रुपमा काम अघि बढाउनका लागि सहज कानून बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै सांसद दिलेन्द्र बडुले जलस्रोत विद्येयक २०८१ मा आयोग गठन गर्ने बिषयलाई थप स्पष्ट पार्नुपर्ने बताए । जलस्रोत विद्येयक २०८१ लाई राष्ट्रय हितमा हुने गरि जटिलता हटाइ अघि बढाउनुपर्ने धारणा राखे।
विधेयकलाई समृद्ध बनाउनका लागि आफु लगाएत धेरै सांसदहरुले संयुक्त संशोधन राखेको उनले जानकारी दिए । जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने उदेश्यका साथ सरकारले उक्त विधेयक ल्याइएको हो ।
Facebook Comment