प्रधानमन्त्रीसंग भेट्न समय नपाएकाे बामदेव गौतमको गुनासो (भिडियो)
काठमाडौं। राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफुले प्रधानमन्त्रीसंग भेट्न समय नपाएको गुनासो गरेका छन्।
आइतबार राष्ट्रियसभाको बिशेष समयमा बोल्दै गौतमले देश र जनताका बिषयमा कुरा गर्न आफुले प्रधानमन्त्रीसंग भेट गर्न खोजेपनि समय नपाएको गुनासो गरेका छन् ।
सरकारका प्रमुखसंग कुरा गर्दा हुुने बिषयमा प्रधानमन्त्रीसंग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उनले बताए । गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरु धेरै हुने गरेको उल्लेख गरे ।
प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा बिषयमा नेपालका राजनीतिक दलका नेताहरुको ध्यान जान नसकेको उनले बताए।
उनले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि इजरायलको प्रविधि भित्राउनुपर्नेमा जोड दिए । गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसंग छलफल सुरु गर्नुपर्ने सुझाव दिए।
उनले नेपाली जनताको सुरक्षाका साथै बिकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गरे।
Facebook Comment