ताप्लेजुङ गोल्डकप: सङ्घर्ष स्पोटिङ युवा क्लबको विजय सुरुआत
फुङ्लिङ (ताप्लेजुङ)। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणअन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा सङ्घर्ष स्पोटिङ युवा क्लबले विजय सुरुआत गरेको छ। कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी ९भारत० लाई पराजित गर्दै सो क्लबले विजयको सुरुआत गरेको हो।
सङ्घर्ष स्पोटिङ युवा क्लबले कञ्चनजङ्घा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ७–५ गोल अन्तरले पराजित गरेको हो। यस जीतसँगै सङ्घर्ष स्पोटिङ युवा क्लबले प्रतियोगितामा विजय सुरुआत गरेको छ। यो क्लबले भदौ ५ गते रूपन्देही र मोरङबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ।
यता, कञ्चनजङ्घा फुटबल क्लब, सिलगुडीको खेलयात्रा भने यसै खेलसँगै समाप्त भएको छ। मङ्गलबारको खेलमा पाँचथर र सलहेश युवा क्लब, सिरहा आमनेसामने हुनेछन्।
लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले भानु जनमाध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको गोल्डकपको विजेताले नगद पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।रासस
Facebook Comment