तीज गीत : अपेक्षा

कोमल पौडेल
४ भदौ २०८१ १३:१८

भगवानले हामीलाई छोरीको रुप दिए
छोरी हुने चाहना होइन बरिलै

भगवानले हमीलाई छोराको रुप दिए
छोरा हुने चाहना होइन, बरिलै

ब्रम्हाण्डले बनाएको हो बरिलै
भगवानलाई मान्छौ भने हामीलाई मान गर

छाराछोरी दुवैलाई सम्मान गर
छोरी पनि हुर्कन्छन् श्रद्धा माया पाएर

सबै कर्म गर्दछन् सक्षम भएर
हुर्कन्छन् माइतीमा न्यानो माया पाएर

दुःख कष्ट सहनुपर्ने घरमा गएर
जस पनि नपाइने, सहयोग पनि नपाइने

दोष र आरोपमात्र थमाइने
घर सफल बनाउन सबै शक्ति लगाउँछन्

दुःख र कष्ट पनि सबै पचाउँछन्
सहेर बस्दा बस्दै रोगी भन्न थाल्दछन्

रोगी छ भनेर प्रचार फिजाउँछन्
अर्काको छोरीलाई माया दया गर्दैनन्

निस्वार्थी र सज्जनलाई चिन्न सक्दैनन्
सन्तानको मायाले ओतप्रोत भएर

बस्दछन् घरमा नारीहरु पीडा सहेर
दाइजोको निहुँ पारी सजाय दिन्छन्

भने जस्तो नपाए जिउँदै जलाउँछन्
एउटाले जन्माएर हुर्काएको छोरीलाई

नोकर बनाउँछन् जुनीभरीलाई
पापको पनि डर छैन धर्मको नि डर छैन

कानुन पनि फितलो छ जाने ठाउँ छैन
रक्सी खाइ थर्काउँछ काम केही गर्दैन

कुन दिन अर्को ल्याउँछ केही भर छैन
डुली डुली थर्काउँछ काम केही गर्दैन

सडकमा पुर्याउँछ कि केही भर छैन
घरका मान्छे काम खोज्छन् दुःख कष्ट बुझ्दैनन्

सकेसम्म शोषण गर्दछन् आफ्नो सोच्दैनन्
बिरामी भएमा भाइती घर पठाइन्छ

सकुन्जेल घरकै काममा खटाइन्छ
जन्मेको घरमा अधिकार हुँदैन

पराइ घरको सम्पत्ति आफ्नो हुँदैन
सक्षम नागरीहरु एक जुट भएर

यो प्रथाको अन्त्य गरौं साहस गरेर
पुरुष दाजुभाइ सहयोगी बन्नुहोसे

आफ्नो छोरी बैनीको कथा सुन्नुहोस्
आफ्नो संगी आमाको ब्यथा बुझ्नुहोस्

पुरुष दाजुभाइ इमान्दार बन्नुहोस्
मिलिजुली बस्ने गरी व्यवहार गर्नुुहोस्

पुरुष दाजुभाइ नैतिकवान बन्नेहोस्
आफ्नो संगिनीको त्याग बुझ्नुहोस्

तिमी सच्चिएमा स्वर्ग यहीँ छ
तिमी चिप्लिएमा नर्क यही बन्छ

एक्लो पांग्राले त गाडी पनि चल्दैन
तिमी सत्य भएमा मन जल्दैन

एकजुट हौं है संसार सुन्दर बनाउन
नारी पुरुष समान रुपमा यहीँ रमाउन

सो संसार यति ठूलो आठ अर्ब अटाउने
तिमी हामी भेट भयौं जीवन सजाउने

तिमी एक्लै रमाएमा रुल्ल टुल्ल बालबच्चा
सँगसँगै रमाएमा इज्जत छ पक्का

घमण्ड र स्वार्थले संसार खोक्रो बनायो
परिवारमा सबैको मन जलायो

संसार कस्तो बनाउने तिम्रो हातमा छ
सकारात्मक बन है स्वर्ग साथमा छ।

गुनासो

विकास पनि भएन रोजगार पनि छैन
युवा जति हिँडिसके घरमा कोही छैन

खेतवारी बाँझो छ अन्न पनि छैन
कुहेका चाउचाउले तागत केही छैन

बुढाबुढी बस्नुपर्ने बेसहारा भएर
जीवनका कष्टहरु एक्लै सहेर

बहुदल आयो भन्थे विकासका लागि
जताजतै सुनिन्छ भ्रष्ट र ठगी

छोरीहरु पनि सुरक्षित छैनन् रे
नारीका अश्रुधारा सधैं बग्छन् रे

छोराहरु विदेशमा भेडा चराउने
अरुको देशलाई स्वर्ग बनाउने

आफ्नो देश नर्क जस्तै बस्न लायक छैन
बाटाहरु भत्किएका घरहरु जीर्ण

जनता जल्न थाले ऋण ऋण
जताततै सरकार छन् काम केही छैन

देश पनि डुबिसक्यो ऋणै ऋणमा
युवा हिँड्नथाले आफ्नो देश छोडेर

देशको भविष्यको विश्वास तोडेर
आकाशबाट कोही आउँदैन हाम्रो देश बनाउन

हाम्रै पाखुराले थालौं सजाउन
हामी मिले यो धर्ती स्वर्ग सरह हुनेछ

किन हामी पछि पर्‍याैं मनन योग्य छ
हामीसँग सबै छ नभएको केही छैन

तर पनि गरीव भन्ने पहिचान गएन
लागौं अब मिलिजुली आफ्नै देश बनाउन
सक्नेछौं हामी सबै यही रमाउन

महासचिव नेपाल स्वयंसेवक संघ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *