लघुकथा : गठबन्धन

प्रकाशचन्द्र खतिवडा
४ भदौ २०८१ १२:४०

“एक ‘राउण्ड ’ चिया लिने हो ? ” जेठा बा ले सबै तिर नजर दौडाउनु भयो। प्रत्यूत्तरमा कोही बोलेन। सुस्तरी मैले भने “ लिउ न त एक पटक।”

सबैको टेबल अगाडि सबै खाले चिया आयो। चिया खानै नपाएर यहाँ कोही पनि आएको छैन। चिया त घरमा पनि खाइन्छ। बिहानको समय, ‘मर्निङ वाक’ पनि हुने, साथी भाइ सगँ भेटघाट र भलाकुसारी हुने र मन प्रफुल्लित हुने भएको कारण भेला भइन्छ यो चिया पसलमा। त्यसैले यहाँ बिहान ग्राहकहरुको बाक्लै उपस्थिति हुने गर्छ। थरि थरिका चर्चा परिचर्चा पनि हुने गर्छ।

चियासँगै राजनैतिक गफगाफ पनि हृुन्छ। “सरकार त ढलेछ नि। के जात्रा हो नेपालामा?” जेठा बा ले चिया पिउँदै भन्नु भयो। “अँ ढलेछ त, नेपालमा सरकार टिक्नुर ढल्नुको के अ‍ैचित्य छ र? यो कुनै नयाँ कुरो नै होइन नि।” मैले पनि चिया पिउँदै उत्तर दिएँ।

“अब पुरानो अनुहारको नयाँ सरकार बन्ने होला, जनताले के आशा र अपेक्षा राख्ने?” कोही बोल्यो पल्लो कुनाबाट। “आशाहरु वर्षौंबाट थाँती राखेर हामी उदास र निरश बाचिँरहेका छौं। सरकारत कति बने बने, जनताले परिवर्तन र विकासको महशुस गर्नै सकेनन्।” वल्लो कुनाबाट कसैले जवाफ फर्कायो।

होत यहाँ दशकौँ भयो क्रान्ति र परिवर्तनको चर्चा चलेको। धेरै दौरा सुरुवाल फाटेँ। नदीमा धेरै पानी बग्यो। नेताहरुमा ठूलै परिवर्तन आयो। जनताको जीवन स्तरमा खासै परिवर्तन आउन सकेन। भ्रष्टाचार र वेथिति बढेर गयो। शहीदका सपना भन्न पनि छाडेनन्। शहीदले देखाएको बाटो पनि हिँड्न सकेनन्।

अबको गठबन्धनले पनि के नै गर्ला र? विपरीत ध्रुवीय मुखहरु कसरी एकै तिर हुन सक्लान्? यो जनता ढाँट्ने अप्राकृतिक गठबन्धन त हैन?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *