यस वर्षको महिला टी–२० विश्वकप बंगलादेशमा नहुने, आयोजक भने बंगलादेश नै रहने

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ मा हुने महिला टी–२० विश्वकप अब बंगलादेशमा नहुने बताएको छ । प्रतियोगिता यस वर्षको अक्टोबरमा संयुक्त अरब इमिरेट्समा हुनेछ।
तर, यो बंगलादेश क्रिकेट कन्ट्रोल बोर्डले नै यो प्रतियोगिता आयोजना गर्नेछ । आईसीसीले ट्विट गर्दै यो जानकारी दिएको हो ।
महिला टी–२० विश्वकपका खेल युएई दुबई र शारजाहमा दुई स्थानमा हुनेछन् । यी खेलहरू अक्टोबर ३ देखि अक्टोबर २० सम्म हुनेछन्। प्रतियोगितामा १० देशका टोलीको सहभागिता रहनेछ ।
आईसीसीका सीईओ ज्योफ एलार्डिसले एक विज्ञप्तिमा भनेका छन्, ‘बंगलादेशमा महिला टी–२० विश्वकप आयोजना गर्न नसक्नु लाजमर्दो कुरा हो । हामीलाई थाहा थियो बंगलादेश क्रिकेट बोर्डले यसलाई भव्य रूपमा आयोजना गर्ने थियो।’
बंगलादेशमा आयोजना हुने भनिएको प्रतियोगिताको तयारी लगभग पूरा भएको थियो । तर, गत जुलाईमा बंगलादेशमा आरक्षणसम्बन्धी सरकारको निर्णयको विरुद्धमा विद्यार्थी आन्दोलन सुरु भयो, जुन बिस्तारै हिंसात्मक प्रदर्शनमा परिणत भयो।
यसपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भारत आइन् । यसपछि देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता संयुक्त अरब इमिरेट्समा आयोजना गर्ने निर्णय भएको हो ।
Facebook Comment