साफ यु-२० च्याम्पियनसीपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै

डिसी नेपाल
६ भदौ २०८१ १०:४६

काठमाडौं । काठमाडौँमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदै छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुने छ । नेपाल र बंगलादेश समुह ए बाट सेमिफाइनलमा पुगिसकेका छन्।

दुवैले आ(आफ्नो खेलमा श्रीलंकालाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। आजको विजेताले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ।

त्यस्तै समुह बी मा भने भारत र भुटानले एक एक खेल जितेका छन् । भारतले भुटानलाई र भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *