अमेरिकाले एक चिनियाँ नागरिकलाई जासुसी गरेको आरोप लगायो

डिसी नेपाल
६ भदौ २०८१ १५:०४

काठमाडौं। अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध आपराधिक अभियोग दायर गरेका छन्।

अमेरिकामा बस्ने यी चिनियाँ व्यक्तिलाई चीनको गुप्तचर एजेन्सीको जासूस भएको आरोप लागेको छ ।

अमेरिकी न्याय मन्त्रालयले ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको जनाएको छ ।

चिनियाँ नागरिक युआनजुन ताङलाई पनि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप लागेको छ ।

बुधवार जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, “ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ।”

ताङमाथि इ-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको आरोप छ।

यसबाहेक, उनले लगातार एमएसएस अर्थात् राज्यको सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *