राष्ट्रिय मुद्दामा दलहरुबीच न्यूनतम सहमति कायम गर्नुपर्छः नारायणकाजी श्रेष्ठ (भिडियो)

डिसी नेपाल
६ भदौ २०८१ १५:४६

काठमाडौं। नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय मुद्दामा दलहरुबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा संक्रमणकालिन न्यायसंगसम्बन्धीत बिधयेकको छलफलमा भाग लिदै श्रेष्ठले सरकारमा रहदा वा नरहदा विरोध वा समर्थन गर्ने नभई कम्तिमा राष्ट्रिय मुद्दामा दलहरुबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताएका हुन् ।

उनले अहिलेको मुलुकको ऐतिहासिक आवश्यकतामा सवै दलहरु गहन हुनुपर्नेमा जोड दिए । श्रेष्ठले लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण र शान्तिका लागि गम्भीर हुनुपर्ने भन्दै यसमा आफु अनुकुलको व्याख्या र व्यवहार गर्न नहुने जिकिर गरे । वास्तविक रुपमा जनताले लोकतन्त्रको महशुस गर्न नसके देश अघि बढ्न नसक्ने भएकाले यसका लागि दलहरुले अगुवाई गर्नुपर्ने उनले बताए। उनले लोकतन्त्र र शान्तिको लाभ जनतालाई दिन सके शान्ति लामो समयसम्म कायम हुनसक्ने उल्लेख गरे।

उनले संक्रमणकालिन न्यायसंगसम्बन्धीत बिषय टुङ्गीन लामो समय लाग्नु स्वभाविक नरहेको भन्दै अब पिडित र सरोकारवाहरुको आवाजलाई सम्बोधन गर्ने गरि सर्वस्वीकार्यताका साथ अघि बढ्नुपर्ने धारणा राखे। आफ्नै माटोमा जन्मिएको शान्ति प्रक्रियालाई अब सबै मिलेर निष्कर्षमा पुराउनुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *