पाकिस्तान विरुद्धको टेस्ट म्याचमा शाकिब अल हसनलाई टिममा राखिएपछि चर्को विवाद

डिसी नेपाल
७ भदौ २०८१ १३:२८

काठमाडौं । बंगलादेशका स्टार क्रिकेटर शकिब अल हसन पाकिस्तानसँग रावलपिण्डीमा जारी टेस्ट म्याच खेलिरहेका छन् ।

बंगलादेशको अन्तरिम सरकारले उनलाई गत हप्ता मात्रै पाकिस्तानसँग टेस्ट खेल्न अनुमति दिएको थियो ।

शाकिब शेख हसिनाको पार्टी अवामी लिगका सांसद थिए । बंगलादेशमा सरकारविरुद्ध प्रदर्शनकारीहरूले शेख हसिनाका समर्थक मानिने देशको क्रिकेट टोलीका खेलाडीहरूलाई बाहिर राख्न अपील गरेका थिए।

यस महिनाको सुरुमा, जब शेख हसिना सरकार विरुद्ध विद्यार्थीहरूको आन्दोलन तीव्र भयो, धेरै मानिसहरूले बंगलादेश क्रिकेट बोर्डका सदस्यहरूलाई उनीहरूले सरकारलाई समर्थन गरिरहेको भन्दै आलोचना गरे।

बंगलादेश क्रिकेट बोर्डका सदस्य रफिकुल इस्लामले विशेष गरी शाकिब अल हसनलाई निशाना बनाएका थिए ।

यसपछि हसनलाई टोलीमा समावेश नगर्ने माग बढेको थियो । तर गत साता मोहम्मद युनुसको नेतृत्वमा रहेको देशको अन्तरिम सरकारले उनलाई देशको क्रिकेट टोलीबाट खेल्ने अनुमति दिएको थियो ।

विद्यार्थी नेता तथा अन्तरिम सरकारका खेलकुद मामिलाका सल्लाहकार २६ वर्षीय आसिफ महमुदले योग्यताका आधारमा टोली गठन गर्नुपर्ने बताएका थिए ।

शकिब बंगलादेशका उत्कृष्ट क्रिकेट खेलाडी मध्येका एक हुन् । अलराउन्डर शकिबले ६७ टेस्ट खेलमा ४५०५ रन बनाएका छन् । उनी बंगलादेश क्रिकेटको इतिहासमा सबैभन्दा सफल स्पिन बलर हुन्। उनले टेस्ट खेलमा २३७ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *