थाइल्याण्डको राजधानी बैंककनजिकै विमान दुर्घटना हुँदा सबै यात्रुको मृत्यु

डिसी नेपाल
७ भदौ २०८१ १३:५३

काठमाडौं । थाईल्याण्डको राजधानी बैंकक नजिकै बिहीबार नौ जनायात्रु सवार विमान दुर्घटना भएको छ । दुर्घटनामा सेस्ना काराभान सी २०८ बी टर्बोप्रप विमानमा सवार पाँच चिनियाँ र दुई थाई यात्रु र दुई थाई पाइलट गरी सबैको मृत्यु भएको विश्वास गरिएको छ । अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिरहेका छन्।

सानो विमान स्थानीय समय पौने ३ बजे बैंककको मुख्य अन्तर्राष्ट्रिय एयरपोर्टबाट उडेको थियो । उडानको करिब १० मिनेटमै सम्पर्क टुटेको थियो । चाचोएङ्गसाओको बाङ पाकोङ जिल्लाका बासिन्दाहरूले विमान आकाशबाट खस्दा “चर्को स्वरमा विस्फोट” भएको देखेको र नजिकैका घरहरूमा क्षति पुगेको बताए।

दुर्घटनाको कारण अझै अस्पष्ट छ। विमानका केही भागहरू माटोमा छरिएका छन् । मानव शरीरका करिब ७० वटा अङ्गहरू फेला परेका छन् । यी अंगलाई पहिचानका लागि प्रहरी अस्पतालमा पठाइएको प्रान्तीय कार्यालयले जनाएको छ। तर लजिस्टिक कठिनाइका कारण खोजीमा धेरै घण्टा ढिलाइ भएको प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *