तनहुँको दुर्घटनास्थलमा सेनाको हेलिकप्टर मेडिकल टोली लिएर पुग्यो

डिसी नेपाल
७ भदौ २०८१ १४:४३

काठमाडौं । तनहुँको आबुखैरेनीमा बस दुर्घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ । हेलिकप्टरमा मेडिकल टोलीलाई लगिएको हो । घाइतेहरूको उद्धार र उनीहरूको प्राथमिक उपचारका लागि हेलिकप्टर र मेडिकल टोली पठाइएको हो ।

नेपाली सेनाका अनुसार मेटिकल टोलीले घाइतेको प्राथमिक उपचार गर्नेछन् र गम्भीर घाइतेहरुलाई त्यही हेलिकप्टरमार्फत काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइनेछ ।

यो दुर्घटनामामा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ । बसमा ४१ यात्रु २ स्टाफ गरी जम्मा ४३ जना रहेको खुलेको छ । बस भारतको गोरखपुरबाट नेपाल आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *