विश्वको दोस्रो ठूलो हीरा भेटियो, तौल २ हजार ४९२ क्यारेट

डिसी नेपाल
७ भदौ २०८१ १५:०१

काठमाडौं । दक्षिण अफ्रिकी देश बोत्सवानामा विश्वको दोस्रो ठूलो हीरा फेला परेको छ । प्रशोधन नगरिएको यो हीरा २४९२ क्यारेटको छ । यो क्यानडाको कम्पनी लुकारा डायमण्डको बोत्सवानाको खानीबाट निकालिएको हो ।

यसअघि सन् १९०५ मा दक्षिण अफ्रिकामा ३१०६ क्यारेटको कुलिनन डायमण्ड भेटिएको थियो । यसलाई नौ अलग टुक्रामा काटिएको थियो। यी मध्ये धेरै बेलायतको शाही मुकुटमा राखिएका छन्।

बोत्सवानाको केरो खानीमा विश्वको दोस्रो ठूलो हीरा फेला परेको छ । यो बोत्सवानाको राजधानी गाबोरोनबाट ५०० किलोमिटर उत्तरमा छ।

बोत्सवाना सरकारले दक्षिणी अफ्रिकी देशमा पाइने यो सबैभन्दा ठूलो हीरा भएको बताएको छ । यसअघि सन् २०१९ मा बोत्सवानामा १७५८ क्यारेटको हीरा भेटिएको थियो ।

बोत्सवाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादन गर्ने देश हो। संसारको २० प्रतिशत हीरा यहाँ उत्पादन गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *