मोदी र जेलेस्न्कीबीच भेटवार्ता

डिसी नेपाल
७ भदौ २०८१ १५:५०

काठमाडौँ । युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मोदी शुक्रबार बिहान पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका थिए । जेलेन्स्कीसँगको भेटवार्तामा मोदीले रुससँगको जारी युद्ध बारे चर्चा गर्ने बताइएको छ ।

१९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । रुस-युक्रेन युद्ध शुरु भएपछि विश्वका कैयौं ठुला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् ।

मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिदै महत्वपूर्ण भ्रमण भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *