साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा, नेपालले नेपालले भुटानसँग खेल्ने

काठमाडौं। राजधानीमा जारी साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ।
समूहचरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पुरा भएको हो। शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेको हो।
पराजित भएसंगै माल्दिभ्स अंकबिहीन हुदै प्रतियोगीताबाट बाहिरिएको छ भने भारत समूह विजेता बनेको छ। त्यस्तै सोहि समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको छ।
अब सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्ने छ भने साविक विजेता भारतले साविक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment