सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान

डिसी नेपाल
७ भदौ २०८१ १७:५१

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिएको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तत्कालिन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेलाई बयानका लागि बोलाएको हो।

गोर्खा मिडियामा बिभिन्न सहकारीबाट गैरकानूनी रुपमा बचतकर्ताको रकम लगानी गरिएको बताइएको छ। यहि विषयलाई लिएर केहि महिना अघि सदनमा हंगामा भएपछि छानबिन समिति गठन गरिएको थियो। गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगाएतका सहकारीबाट रकम सारिएको आरोप छ।

त्यस्तै समितिले शुक्रबार नै गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसंग पनि बयान लिएको थियो। सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले गत १५ गते छानबिन समिति गठन गरेको थियो।

समितिको तीनमहिनाको समयावधि भदौँ २३ गते सकिँदैछ। उक्त समयावधिभित्रै प्रतिवेदन बुझाउने गरि प्रतिवेदनको मस्यौदा समेत तयार भइरहेको समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *