बिदेशी दवाव र प्रभावमा लादिएको ब्यबस्था टिक्दैन : कमल थापा

डिसी नेपाल
८ भदौ २०८१ १८:२१

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक ब्यबस्था आवश्यक भएको बताएका छन्।

काठमाडौंको थानकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले बिदेशी प्रभाव र दबाबमा लादिएको ब्यवस्था टिकाउ नहुने समेत बताए।
गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताको बिकल्प राप्रपा नेपालसँग मात्र भएको भन्दै थापाले सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाई राख्ने बताए।

संघीयताको स्वरुप नबदली आर्थिक रुपमा संघीयता मुलुककले धान्न नसक्ने भन्दै प्रदेश संरचना आबश्यक नभएको जिकिर गरे।

भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे।

राप्रपा नेपाल उठाउने र बनाउनेमा कसैले शंका नगर्न तर निरन्तर मेहनत गर्न कार्यकर्तालाई थापाले आग्रह गरे। कार्यक्रममा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारी , उत्तम लामा ,उज्वल पोखरेल लगायतले बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *