हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इपस्विच टाउनलाई ४-१ गोल अन्तरले पराजित गरको हो ।
इपस्विच टाउनले खेलको सातौं मिनेटमा सामी साज्मोडिकको गोलमा शुरुवाती अग्रता हासिल गरेपनि सिटीले तुरुन्तै कमब्याक गरेको थियो । खेलको १२औं १६ र ८८औं मिनेटमा इर्लिंग हालाण्डले गोल गर्दै आफ्नो यस सिजनको पहिलो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै केभिन डी ब्रुनेले खेलको १४औं मिनेटमा गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको २ खेलमा ६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै इपस्विच टाउनले भने लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।
प्रतिक्रिया
Facebook Comment