नेपाल साफ यु- २० च्याम्पियनसिपको फाइनलमा

डिसी नेपाल
९ भदौ २०८१ १७:१०

काठमाडौं। नेपाल काठमाडौँमा जारी साफ यु-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो।

अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग खेल्ने छ। भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *