नेकपा एकीकृत समाजवादी पदाधिकारी चयन निर्वाचनबाटै

डिसी नेपाल
१० भदौ २०८१ ७:१६

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी चयन निर्वाचनबाटै हुने भएको छ । महाधिवेशन भएको दुई महिना पुग्नै लाग्दासमेत विधानअनुसार पदाधिकारी चयन हुन सकेका छैनन् ।

आइतबारदेखि पार्टीको केन्द्रीय कमिटीको बैठक काठमाडौंको बानेश्वरमा सुरु भएको छ । बैठकले समीक्षा, कार्ययोजनासहित पदाधिकारी चयन गर्ने बताइएको छ । केन्द्रीय सदस्य दिलु पन्तले बैठकबाट सर्वसम्मतिमै पदाधिकारी चयन गर्ने ’boutमा छलफल जारी रहेको बताइन् । सर्वसम्मतबाट पदाधिकारी चयन हुन नसके लोकतान्त्रिक प्रक्रियानुसार केन्द्रीय कमिटीबाट निर्वाचनबाटै पदाधिकारी चयन हुने उनले बताइन् ।

‘पदाधिकारीका लागि आकांक्षीको संख्या बढी नै रहेको छ, शीर्ष नेताहरूले सर्वसम्मतिबाटै टुंगो लगाउने गृहकार्य गरिराख्नुभएको छ,’ पन्तले राजधानीलाई भनिन्, ‘सर्वसम्मतिबाट हुन नसकेको अवस्थामा केन्द्रीय कमिटीबाट लोकतान्त्रिक प्रक्रियानुसार निर्वाचन गरेरै पदाधिकारी चयन गरिन्छ ।’

महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए । विधानअनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव गरी १८ जना पदाधिकारी चयन गर्न बाँकी छ । १८ पदाधिकारीका लागि पार्टीमा सयभन्दा बढी नेता आकांक्षी रहेका छन् । पदाधिकारीका लागि आकांक्षीको संख्या बढी देखिएकाले निर्वाचनबाटै टुंगो लगाउने ’boutमा समेत छलफल भइरहेको छ ।

बैठकमा २ सय ५१ केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले मनोनीत ती सदस्यलाई शपथ गराएका हुन् । पार्टीमा ३ सय ४४ केन्द्रीय सदस्य छन् ।

पोलिटब्युरो कमिटी र स्थायी कमिटीसमेत निर्माण गर्ने बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले बताए । केन्द्रीय संरचनाहरूको निर्माण र विविध विषयमा छलफल गरिनेछ । पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

बैठकले क्लस्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । पार्टीले युवा, दलित, जनजाति, अल्पसंख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने बताइएको छ ।

पार्टी विधानअनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (महिला), उपाध्यक्ष (मधेसी समुदाय), खुला चार उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव (दलित समुदाय, आदिवासी जनजाति समुदाय १–१ अनिवार्य) चयन गर्न बाँकी रहेको छ । पार्टीको महाधिवेशन १६ देखि २१ असारसम्म काठमाडौंस्थित कमलादीमा भएको थियो । महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधि सहभागी थिए । महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज परिमार्जनसहित पारित भए पनि केन्द्रीय कमिटी तथा पदाधिकारी चयन गर्न बाँकी नै थियो ।

माओवादीसँग अहिल्यै एकता हुँदैन : नेपाल

बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता नहुने बताएका छन् । पछिल्लो समय एकीकृत समाजवादी र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण हुन लागेको चर्चाका बीच बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेकै अवस्थामा माओवादी केन्द्रसँग पार्टी एकीकरण नहुने केन्द्रीय सदस्यहरूलाई उनले स्पष्ट पारे । यद्यपि, वामपन्थी शक्तिहरू एकताबद्ध भएर अगाडि जानुपर्छ भन्ने आफ्नो सोच भए पनि अहिले नै कुनै दलसँग एकता नहुने नेपालले बताए ।

पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा पार्टी एकीकरण गर्ने ’boutमा छलफल भएको थियो । पार्टी एकीकरण’boutमा छलफल भएपछि त्यसको पक्ष र विपक्षमा टीकाटिप्पणी भइरहेको थियो ।

त्यस्तै, बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीविरुद्ध षड्यन्त्र भइरहेको पनि खुलासा गरे । एकीकृत समाजवादी टुक्र्याउन र चोइट्याउन षड्यन्त्र भइरहेको बताउँदै उनले भने, ‘अहिले फेरि अर्काे षड्यन्त्र चलिरहेको छ, हाम्रो पार्टीलाई टुक्र्याउने षड्यन्त्र, हाम्रो पार्टीलाई चोइट्याउने षड्यन्त्र ।’

अहिले एकीकृत समाजवादी परित्याग गरेर गएकाहरूको मात्रै चर्चा गरिएको र एकीकृत समाजवादीमा आएकाहरूका ’boutमा बेवास्ता गरिएको उनले बताए । ‘यहाँ सन्दर्भ आउने गर्छ, केही मान्छेहरू गए, गएको कुरा गर्छौं, आएको कुरा किन गर्दैनौं हामी ? संख्या चाहियो कति हजार मान्छे आए, यो तीन महिनाभित्र ?’ नेपालले प्रश्न गरे ।

अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको बताउँदै उनले कतिखेर कहाँ जान्छ र के हुन्छ भन्ने कुरा सबैको जिज्ञासा रहेको बताए । वर्तमान सरकार राम्रो उद्देश्यले नबनेको उनको दाबी छ । उनले आफूहरूको सहभागिताबिना संविधान संशोधन सम्भव नै भने नरहेको बताए ।

अरूको उटपट्याङमा एकता जरुरी छैन : खनाल

बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अरूको उटपट्याङमा लागेर पार्टी एकता गर्न नहुने बताए । एकीकृत समाजवादीलाई अरूको उटपट्याङमा लाग्नुपर्ने जरुरी पनि नरहेको बताउँदै उनले संगठन निर्माणमा जुट्नुपर्ने बताए ।

माओवादी केन्द्र सत्तामा रहँदा एकीकृत समाजवादीसँग कुनै छलफल नै नगरेको खनालले टिप्पणी गरे । तर, माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि अहिले मिटिङ गरौं भनेर हैरान पारिरहेको र बेला–बेलामा पार्टी एकता गरौं भन्ने गरेको खनालले सुनाए ।

‘सत्ताबाट ओर्लिएपछि माओवादी केन्द्र हामीसँग मिटिङ गरौं कि गरौं, अझ एकता गरौंमा लागेको छ, हामीले सबै कुरा बुझौं, कसको हुटहुटी के हो ? को किन तिल्मिलाइरहेको छ ? को किन घमण्डका घंैटा बोकेर हिँडिरहेको छ ?’ खनालले भने, ‘यी चिजहरूलाई गहिरो गरी हामीले बुझ्नुपर्छ, हाम्रो पार्टी आफ्नै ढंगले स्वतन्त्र विचार, नीति, सिद्धान्त, कार्यक्रम र लक्ष्य बोकेको पार्टी हो, हामीले अरूको उटपट्याङमा लाग्नुपर्ने केही पनि जरुरत छैन ।’

यसैगरी, खनालले एमाले सिद्धिने बाटोमा अगाडि बढेको टिप्पणीसमेत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोडा चढेर प्रधानमन्त्री बनेसँगै एमाले सिद्धिने बाटोमा अगाडि बढेको खनालले बताए । सम्मानित नेता खनालले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकार पनि कांग्रेसको गतिमा अगाडि बढिरहेको दाबी गरे । प्रधानमन्त्री ओलीलाई अहिले आफ्नो विवेकले काम गर्ने कुनै छुट नरहेको उनको दाबी छ । नेता खनालले कांग्रेससँग मिलेर ओलीले सरकार बनाएसँगै एमाले पंक्तिमा विरोध, असन्तोष, आक्रोश बढेर गएको बताए ।

‘केपी ओलीको नेतृत्व घोर दक्षिणपन्थी अवसरवादतर्फ गयो, अब कांग्रेसको घोडा चढेर उनी प्रधानमन्त्री भइरहेका छन्, कांग्रेसको गतिभन्दा बाहिर केही पनि हिँड्न पाउँदैन एमाले,’ नेता खनालले भने, ‘घोडा जति दौडिन्छ, त्यति न हो दौडने ! त्यस कारणले अहिले कांग्रेसको गतिमा एमाले नेतृत्व हिँड्दै छ, असन्तुष्टि बढ्दो अवस्थामा छ, उनीहरू हामीलाई सिध्याउने कुरा गर्छन्, तर उनीहरू आफैं सिद्धिने बाटोमा छन् ।’

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *