अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले ट्रम्पलाई आफ्नो समर्थन दिए
काठमाडौं । अमेरिकी राष्ट्रपति कदका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले अब डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
योसँगै रोबर्ट एफ केनेडी जुनियरले आफ्नो उम्मेदवारी पनि फिर्ता लिएका छन् । एरिजोनामा आयोजित र्यालीमा उनले डोनाल्ड ट्रम्पसँग स्टेज पनि सेयर गरेका थिए ।
रोबर्ट एफ केनेडी जूनियर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका वंशज हुन्। ७० वर्षीय केनेडी यसअघि डेमोक्रेटिक पार्टीका सदस्य थिए तर सिद्धान्तको द्वन्द्वका कारण उनले पार्टी छाड्ने निर्णय गरेका थिए ।
उनले १० राज्यमा मतपत्रबाट आफ्नो नाम हटाउन प्रयास गर्ने उनले एरिजोनामा पत्रकार सम्मेलनमा भने।
उनको र्यालीको मञ्चमा स्वागत गर्दै डोनाल्ड ट्रम्पले केनेडीलाई अभूतपूर्व र प्रतिभाशाली नेताको रूपमा पनि वर्णन गरे।
शुक्रबार, कमला ह्यारिसले शिकागोमा डेमोक्र्याटिक पार्टीको अधिवेशन कार्यक्रममा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गरिन् । उनले अमेरिकीहरूलाई ट्रम्पलाई समर्थन नगर्न पनि आग्रह गरिन् ।
Facebook Comment