धार्मिक महत्वको पाताल भुवनेश्वर धाम प्रचार प्रसारको अभावमा ओझेलमा (फोटो)

डिसी नेपाल
११ भदौ २०८१ ९:२८

बैतडी । बैतडी जिल्लाको सुर्नया गाउँपालिका २ मा अवस्थित पाताल भुवनेश्वर धाम, ऐतिहासिक तथा धार्मिक महत्त्वको स्थल भए तापनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

दक्षिण एसियाकै लामो मानिएको यो गुफा, उचित संरक्षण र प्रचार प्रसारको कमीका कारण जनमानसमा लोकप्रिय हुन सकेको छैन । गुफाको संरक्षणमा स्थानीय सरकारको उदासीनता स्पष्ट देखिन्छ । यसको गहिराइ र लम्बाइ बारे अध्ययन तथा अनुसन्धान नहुनाले यस बारे यकिन जानकारी उपलब्ध छैन ।

घना जंगलको बीचमा अवस्थित यस रमणीय स्थलमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको भए तापनि यसको विकास हुन सकेको छैन ।

स्थानीयले भौतिक संरचना र अन्य विकास कार्यको अभावका कारण गुफाको महत्त्व घटेको बताएका छन् । पौराणिक कथनअनुसार, महादेवले सतीदेवीको मृत शरीरलाई लिएर भ्रमण गर्दा सतीदेवीको पैतला यस ठाउँमा खसेको मानिन्छ, जसको आधारमा गुफालाई ‘पाताल भुवनेश्वर’ नाम दिइएको हो ।

धार्मिक मान्यता अनुसार, यो गुफा कैलाश पर्वतसम्म फैलिएको छ । स्कन्दपुराणको मानस खण्डमा उल्लेख गरिएअनुसार, यहाँ ३३ करोड देवताहरूले बसोबास गरेका थिए, र पाण्डवहरूले समेत यहाँ बास बसेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *