मुलुकको अर्थतन्त्र चलायमान हुँदैछ: अर्थमन्त्री पौडेल

डिसी नेपाल
११ भदौ २०८१ १३:०३

काठमाडाैं। अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन्।

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शो २०२४ को उद्घाटन गर्दै मन्त्री पाडैलले वर्तमान सरकारले गरेको सहज नीतिगत व्यवस्थाका कारण मुलुलकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका हुन्। नीतिगर स्थिरता राजनीतिक स्थिरतासँग जोडिएको भन्दै अहिलेको सरकार भनेको स्थीर सरकार भएको उनले बताए।

उनले व्यवसायीहरुको नीतिगत समस्यालाई समाधान गर्ने गरि सरकार अघि बढ्ने उल्लेख गरे। अब अटो उत्पादनतर्फ ध्यान केन्द्रीत हुनुपर्ने र यसमा सरकारले साथ दिने उनको भनाइ छ। उनले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके विदेशी बजारमा पनि नेपालको उत्पादनले स्थान लिन सक्ने जिकिर गरे।

अर्थमन्त्री पौडेलले विद्युतीय सवारीसाधानका साथै अर्थतन्त्रका सवै क्षेत्रमा अध्ययन र अनुसन्धान गरे निष्कर्षमा पुग्ने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने बताए। त्यस्तै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोवाइल्सलाई लक्जरको रुपमा हेर्दा केही सीमाहरु र संकुचन देखिएको भन्दै यसलाई राज्यले ध्यान दिएर सहजीकरण गर्नुपर्ने बताए।

अटो मोवाइल्सलाई प्राथमिकतामा राख्न सके करमा समेत बृद्धि हुने उनको भनाइ छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक बर्ष बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो भाद्र १६ गतेसम्म आयोजना हुने बताइएको छ।

नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका स्टलसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहेका छन्। नाडाले अटो शो अवधिभर करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *