अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको गोली हानी हत्या

डिसी नेपाल
१२ भदौ २०८१ ०:०४

काठमाडौं। अमेरिकाको टेक्सासमा एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ। भोजपुर घर भइ अमेरिकामा अध्ययन गरिरहेकी २१ वर्षीया मुना पाण्डेको  गोली हानी हत्या भएको ह्यूस्टन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको छातीमा गोली लागेको थियो। उनको शव स्थानीय समयानुसार सोमबार अपराह्न वेस्ट एयरपोर्ट बुलेवार्डस्थित आफ्नै अपार्टमेन्टमा फेला परेको थियो।

प्रहरीका अनुसार पाण्डेको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। प्रहरीले यस घटनाकाे अनुसन्धान  सुरु गरिसकेको छ र हालसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन।

२०२१ मा आफ्नो अध्ययनका लागि अमेरिकामा आएकी उनी ह्यूस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। पाण्डे आफ्नो परिवारकी एकमात्र सन्तान थिइन्। घटनाका बारेमा मृतकका नेपालमा रहेका परिवार र आफन्तलाई जानकारी गराइएको छ।

रिपोर्टका अनुसार शनिबारदेखि नै उनको फोन बन्द थियो, जसले गर्दा यो घटना सप्ताहन्तमा नै भएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार घटनास्थलमा कुनै हतियार फेला परेको छैन र हत्याको उद्देश्य के थियो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

पाण्डे अपार्टमेन्टमा एक्लै बस्दै थिइन् वा अन्य कुनै व्यक्तिसँग भन्ने कुरा पनि स्पष्ट भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *