को को बने एकीकृत समाजवादीको सचिव ?

डिसी नेपाल
१२ भदौ २०८१ ८:११

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको निर्वाचनको अन्तिम मतपरिणाम आइरहेको छ ।

प्राप्त मत परिणाम अनुसार सचिव पदमा शेरबहादुर कुँवर ९१५३०, सोमप्रसाद पाण्डे ९१४१०, श्रीनाथ बराल ९१०७०, सावित्रीकुमारी भुसाल ९१०६० र चन्द्रबहादुर शाही ९९१० विजयी भएका छन् । एकीकृत समाजवादीको पाँच सविचका लागि २६ जना उम्मेदवार रहेका थिए ।

त्यसैगरी एकीकृत समाजवादीको चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् ।

त्यस्तै चार उपाध्यक्षमा डा। गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *