बार्सिलोनाको जितमा ओल्मोको डेभ्यु खेलमै निर्णायक गोल

डिसी नेपाल
१२ भदौ २०८१ ८:१८

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा आफ्नो डेभ्यु खेल खेलिरहेका डानी ओल्मोले निर्णायक गोल गरेका थिए । यस अघि रायो भल्लेकानोले खेलको नवौं मिनेटमा उनै लोपेजको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि बार्सिलोनाले खेलको ६०औं मिनेटमा पेड्रीको गोलमा खेल बराबरी गरेको थियो ।

यो जितपछि बार्सिलोनाको ३ खेलमा ९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको भने ३ खेलमा ४ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *