अग्नि सापकोटाको युद्धकालीन मुद्दाको फैसलाकै दिन टीआरसी विधेयक प्रमाणित

दिपा पौड्याल
१२ भदौ २०८१ १३:३३

काठमाडौं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भइसकेको यो विधेयक अब राष्टंपतिकहाँ पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै विधेयकले ऐनको रुप लिनेछ ।

यो विधेयक द्वन्द्वकालीन मुद्दालाई मेलमिलापको माध्यमबाट निरुपण गर्ने उद्देश्यसहित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत अगाडि बढाउने प्रयोजनका लागि बनाइएको हो । यससँगै अब युद्धकालीन मुद्दालाई यी आयोगमार्फत अगाडि बढाइनेछ ।

पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको हत्याको आरोपसहितको मुद्दाको फैसला सुनाइने दिन नै यो विधेयक प्रमाणित गरिएको हो । सापकोटाविरुद्ध द्वन्द्वकालीन समयमा भएको घटनामा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ र यो मुद्दाको आज संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *