एकीकृत समाजवादीको पोलिटब्युरोमा को-को निर्वाचित भए ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।
पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि आज आएको छ ।
प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै जीवनराम श्रेष्ठ १९५, रमा आलेमगरले १९४ र रामकुमारी झाँक्रीले १८२ मत पाएर विजयी भएका छन् । ८४ जना विजयी हुदा सबै भन्दा कम मत १०७ ल्याउने पाँच जना रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment