निजी एयरलाइन्सलाई फाइन पुग्ने गरी नेपाल एयरलाइन्सको जहाज मर्मत नगरिएको आशंका

डिसी नेपाल
१३ भदौ २०८१ १४:३८

काठमाडाैं। रास्वपा सांसद मनिष झाले अन्य वायुसेवालाई फाइदा हुने गरि नेपाल एयरलाइन्सका जहाज समयमा नै मर्मत नगरिएको होकि भन्ने आशंका व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि लामो समयसम्म पनि ल्याउन नसकिएको र अन्य वायुसेवालाई फाइदा हुने गरि चलखेलका आधारमा यस्तो भएको हो की भन्ने आशंका व्यक्त गरे।

निगमको जहाज सञ्चालन नहुँदा दैनिक पाँच करोड घाटा भएको भन्दै तत्काल यसतर्फ ध्यान दिन उनले आग्रह गरे। उनले निगमको जिम्मेवारी सम्हाल्ने व्यक्ति ज्ञान नभएकाले पनि निगमका धेरै प्राविधिक समस्या आएको हुनसक्ने बताए।

बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डययन प्राधिकरणका डिजीलाई जोगाउनका लागि रास्वपा लागेको आरोप लगाए। नयाँ आशा देखाएको पार्टीले नै डबल स्ट्यान्डर्डको काम गरेको भन्दै उनले द्वैध चरित्र नदेखाउन रास्वपालाई सुझाव दिए।

उनले गौरापर्वका अवसरमा टुँडीखेलमा भएको क्रियाकलापप्रति आपत्ति जनाउँदै यसमा प्रतिपक्षी दलका कार्यकर्ताको संलग्नताको आशंका व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *