सार्क सभामुख शिखर सम्मेलन नेपालमा आयोजना गर्न सांसद एकनाथ ढकालको ध्यानाकर्षण

डिसी नेपाल
१३ भदौ २०८१ १७:३९

काठमाडौं। प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई क्रियाशील बनाउन संसदले भूमिका खेल्नु पर्ने र त्यसको लागि सार्क क्षेत्रका सभामुखहरुको शिखर सम्मेलन आयोजना गर्न सरकारको ध्यानाकर्षण गर्नु भएको छ।

बिहिबार संसदमा बोल्दै सांसद ढकालले सार्क सन् १९८५ मा स्थापना भएयता काठमाडौंमा १९८७, २००२ र २०१४ मा गरि तिन पटक सफलताका साथ शिखर सम्मेलन सम्पन्न भएको तर सन् २०१४ देखि नेपाल सार्कको अध्यक्ष भएपनि यसको शिखर सम्मेलन हुन नसकेको बताए।

ढकालले दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीव्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु सार्कको बडापत्रमा उल्लेख रहेको बताए। उनले सार्क नेपाल र दक्षिण एसियाली क्षेत्रको हितमा रहेको तर यो निष्क्रिय हुँदा यस क्षेत्रका समान चुनौतीको सामना गर्न जटिलता सृजना भएको र अवसरहरु ओझेलमा परेको बताए।

सांसद ढकालले सार्कलाई क्रियाशील बनाउन नेपालले सबै क्षेत्रबाट नेतृत्वदायी भूमिका खेल्नु पर्ने र आगामी सयुक्त राष्ट्रसंघको महासभामा कम्तिमा सार्क मन्त्रीस्तरीय साइड लाइन बैठक नेपालले आयोजना गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *