विश्वका घटनालाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन एमालेले गरायो ध्यानाकर्षण

डिसी नेपाल
१३ भदौ २०८१ १८:३६

काठमाडौं। नेकपा एमालेले विश्वका बिभिन्न घटनाक्रमलाई नेपालसंग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन विभिन्न राजनीतिक दलकोे ध्यानाकर्षण गराएको छ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसदका कतिपय दलहरु खासगरि सत्ताबाट बाहिरिएसँगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरु र प्रतिक्रियाहरुप्रति आपत्ति जनाउदै मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृति देखापर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए। बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले–कांग्रेस सरकारको संक्षिप्त समिक्षा गर्दे सरकारको प्रारम्भिक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए।

त्यस्तै बैठकले पार्टीको नयाँ बार्षिक कार्ययोजनाको मस्यौदा तयारमा सामान्य छलफल गर्दै आगामी पोलिटव्युरो बैठकबाट अन्तिम रुप दिने निर्णय भएको उहाले जानकारी दिए। नयाँ वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नविकरण प्रभावकारी बनाउने लगाएतका बिषयमा समेटिएको ज्ञवालीले बताए।

बैठकले यहि भाद्र २६ गते स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको छ भने प्राकृतिक विपतिमा परि ज्यान गुमाउनेप्रति श्रद्धान्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *