मुना पाण्डे हत्या प्रकरण : बबि सिंह शाह पक्राउ

डिसी नेपाल
१४ भदौ २०८१ ७:०९

काठमाडाैं। अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेकाे गोली हानी हत्या गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबि सिंह शाह रहेकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्नु अघि उनकाे तस्वीर प्रहरीले सार्वजनिक गरेकाे थियाे।

सिटी अफ ह्युस्टनन्यूजका अनुसार उक्त घटना ह्युस्टनको एक आवास गृहमा भएको थियो। अभियुक्त ५१ वर्षीय बबि सिंह शाहमाथि २६२ औं प्रदेश जिल्ला अदालतमा क्यापिटल मर्डरको मुद्दा चलाइएको छ।

प्रहरीले बुधबार मुना पाण्डेको हत्यामा संलग्न संदिग्धको क्लोज सर्किट (सीसी) टिभी फुजेटमा देखिएको तस्वीर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो।

यसको २४ घन्टा नबित्दै प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो। ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए।

गत सोमबार मुना पाण्डेलाई उनको आवासगृह भित्र धेरै बन्दुकको गोली लागेको थियो। त्यहाँ उपचारमा आएका स्वास्थ्यकर्मीहरुले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए।

ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयलाई सम्पर्क गरी उनि विरुद्ध क्यापिटल मर्डर (मृत्यु दण्ड योग्य) हत्याको आरोप लगाइएको छ।

शाहलाई बुधबार साँझ उत्तरपश्चिम ह्युस्टनमा बिशेष प्रहरी टोलीले पक्राउ गरेको थियो। ह्युस्टन प्रहरी बिभागको अपराध न्यूनीकरण इकाई र सार्वजनिक सुरक्षाको टेक्सास विभागको समन्वयको प्रयासमा शाहलाई पक्राउ गरिएको थियो। उनलाई पछि ह्यारिस काउन्टी कारागारमा राखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *