गुजरातमा बाढीले धेरैको मृत्यु, धेरै ठाउँ डुबानमा
काठमाडौं । गुजरातमा विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण धेरै क्षेत्रमा जलमग्न र बाढीको अवस्था छ ।
सौराष्ट्र र मध्य गुजरातमा ४८ घण्टादेखि परेको अविरल वर्षाका कारण धेरै गाउँ र सहर डुबानमा परेका छन् ।
बाढीबाट वडोदरा सहर सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ धेरै ठाउँमा पानी जमेको देखियो, जसका कारण अवस्था नाजुक छ ।
प्रदेश सरकारले बुधबार राहत र उद्धारका लागि सेना बोलाएको जनाएको छ ।
स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता रुषिकेश पटेलले केही क्षेत्रमा १० देखि १२ फिटसम्म पानी भरिएको बताए ।
उच्च अधिकारीहरुसँगको समीक्षा बैठकपछि उनले पत्रकारहरुलाई भने कि भारी वर्षा र आजवा बाँधबाट पानी छोडेपछि मंगलबार बिहान सहरबाट बग्ने विश्वामित्र नदीले खतराको निशान २५ फिट नाघेको हो ।
गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बुधबार गान्धीनगरमा बाढीको अवस्थाका लागि राहत र उद्धार कार्यको समीक्षा गरे।
हिन्दुस्तान टाइम्सका अनुसार गुजरातमा विगत तीन दिनमा भारी वर्षा र बाढीका कारण २८ जनाको ज्यान गएको छ भने करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनमा कुल १६ जनाको मृत्यु भएको छ ।
गुजरातको सौराष्ट्रमा विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ । अविरल वर्षाका कारण नदीमा पानीको बहाव निकै बढेको छ ।
Facebook Comment