जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्योः रवि लामिछाने

डिसी नेपाल
१४ भदौ २०८१ १६:१२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि भ्रष्टाचारको मुद्दामा हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका छन्।

शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मुलुकको हितमा नरहेका बिषयहरुलाई अघि बढाउन खोज्दा जनस्तरबाट व्यापक विरोध भएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका हुन्।

उनले हदम्यादको विरुद्ध जनताले उठाएका बिषयलाई आफुहरुले सदनमार्फत ध्यानाकर्षण समेत गराएको जिकिर गरे। ऐनमा स्पष्ट भएका बिषयलाई मन्त्रीपरिषद्बाट पारित गराइ हुने नीतिगत भ्रष्टाचारलाई पनि रोक्नुपर्ने उनले बताए।

यसका लागि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई थप स्पष्टताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ। उनले विधेयकमाथिको अन्य नीतिगत कुरामा पनि निरन्तर रास्वपाको खवरदारी रहने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *