उज्यालोको तीज क्यान्सर विरुद्ध

सुरेश भट्ट आश्रिन
१५ भदौ २०८१ ७:१९

रूपन्देही।  “उज्यालो लाल्टिन प्रतिस्ठान” रुपन्देहीले हरितालिका तिजको दर खाने कार्यक्रम प्राणघातक रोग क्यान्सर विरुद्ध लडिरहेका कवि नवराज न्यौपानेको सहयोगार्थ गर्ने भएको हो।

सामाजिक रूपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणार्थ “समाजको पारदर्शिता, साहित्य र पत्रकारिता” भन्ने मूल नारा बोकेर स्थापित संस्था उज्यालो लाल्टिन प्रतिष्ठानले क्यान्सर रोगका विरुद्ध लडिरहेका एक योद्धा कवि नवराज न्यौपानेको सहयोगार्थ देवदह नगरपालिका र स्थानीय सहकारीले आयोजना गर्ने तिजको दरखाने कार्यक्रममा “सपनाका लहरहरू” कृति तिजको दरखान आउने महिलाहरूलाई लक्षित गर्दै पुस्तक स्टल सञ्चालन गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष समज्ञा अधिकारीले जानकारी दिएकी हुन्।

काभ्रे निवासी कवि नवराज न्यौपाने लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेको र क्यान्सरसँग लडिरहँदा अस्पतालको शैयाबाटै उनले लेखेको पुस्तक “सपनाका लहरहरू-२” प्रकाशित भएको थाहा पाएपछि उपचाररत कवि न्यौपानेलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले पुस्तक विक्री अभियान सञ्चालन गरिएको हो।

देवदह नगरपालिका र सहकारीले भोलि शनिबार र आइतबार हरितालिका तिजको दर खाने कार्यक्रम आयोजना गर्ने निधो गरेको छ। उक्त कार्यक्रम आउने आमा दिदिबहिनीहरुलाइ कवि न्यौपानेको उपचारार्थ पुस्तक खरिद गरि सहयोग गरिदिन प्रतिष्ठानले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *