हमाससँगको युद्ध विरामबारे इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीबीच विवाद
काठमाडौं। हमाससँगको युद्ध विरामको विषयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षमन्त्री योआभ गल्लान्टबीच विवाद भएको छ।
मिडिया रिपोर्टका अनुसार बिहिबार बसेको वार क्याबिनेटको बैठकमा प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री गल्लान्टबीच भनाभन भएको थियो। प्रधानमन्त्री नेतान्याहूले हमाससँग युद्ध विराम भएपनि इजरायली सेनाले गाजा र इजिप्टको सीमामा रहेको १४ किलोमिटर लामो फिलाडेल्फी कोरिडोर छोड्न नहुने धारणा राखेका थिए। यो कोरिडोर अहिले इजरायली सेनाको नियन्त्रणमा रहेको छ। इजरायलले यस कोरिडोरबाट हमासले हतियारको तस्करी गर्ने आरोप लगाएको छ।
युद्ध विरामको समयमा इजरायलले सो कोरिडोर छोड्नुपर्ने प्रमुख शर्त हमासले राखेको छ। क्याबिनेट बैठकमा प्रधानमन्त्री नेतान्याहूले कसरी इजरायली सेना सो कोरिडोरमा रहन सक्छन् भन्ने नक्शामै ब्रिफ गरेर देखाएका थिए। नेतान्याहुको ब्रिफिङको रक्षामन्त्रीले विरोध गरेको विभिन्न इजरायली मिडियाहरुले उल्लेख गरेका छन्।
रक्षामन्त्रीले हमासले यो शर्त नमान्ने र अपहरण गरिएका व्यक्तिहरु नछोड्ने बताएका थिए। रक्षमन्त्रीले नेतान्याहूलाई सो बैठकमा ३० जना नागरिकको जीवन खतरामा पर्ने भन्दै सहमति अनुसार कोरिडोर खाली गर्नुपर्ने बताएका थिए।
Facebook Comment