स्वरेजको दुई गोलमा इन्टर मियामीको सहज जित

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले अर्को जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिकागो लाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा लुइस स्वरेजले २ गोल गरेका थिए भने रोबर्ट टेलरले एक गोल गरेका थिए । त्यस्तै एक गोल सिकागोका टोबिआस सालक्विस्टले आत्मघाती गोल गरेका थिए ।
त्यसैगरी सिकागोका लागि एक गोल जर्गीओस कोउटीसिआसले गरेका थिए । इन्टर मियामी पछिल्ला खेलहरुमा आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना नै खेलिरहेको छ । मेसी इन्जुरीका कारण टिमबाट बाहिर रहेका छन् । मिडिया रिपोर्टका अनुसार मेसी छिटै मैदानमा फर्किने क्रममा रहेका छन् ।
यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २७ खेलमा ५९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै सिकागोको २७ खेलमा २६ अंक रहेको छ र १४औ स्थानमा रहेको छ ।
Facebook Comment