सोसाइटी अफ नेपलीज हेल्थ प्रोफेसनल इन युरोपको घोषणा

डिसी नेपाल
१६ भदौ २०८१ २०:११

जर्मन। बिगत लामो समयदेखि युरोपमा नेपाली स्वास्थकर्मी बिबिध पेशामा आबद्ध रहेकाे भएपनि सम्पूर्ण नेपाली हेल्थ प्रोफेसनललाई एक ठाउँमा जोडेर क्षमता अभिबृद्धि, सूचना आदानप्रदान तथा नेपालको स्वास्थ क्षेत्रमा संस्थागत रुपमा योगदान दिने उद्देश्य राखेको एक संस्था “सोसाइटी अफ नेपलीज हेल्थ प्रोफेसनल इन युरोप “को बिधिबत घोषणा घोषणा गरिएको छ।

यहाँ अवस्थित राम्रा उद्देश्य राखेर क्रियाशील बनाइएका संस्थाहरुमा नेपालको पार्टीगत राजनीति पस्दा, आफ्नो सिपको मध्यमबाट मातृभूमिलाई कुनै न कुनै कोणबाट सहयोग दक्ष व्यक्तित्वले इच्छा राख्दा उपयुक्त बाताबरणको निर्माण नभएको महसुस भएसँगै यहाँस्थित विभिन्न स्वास्थ्य संस्थासँग आबद्ध रहेका मेडिकल डाक्टर, अनुसन्धानकर्ता साथै मेडिकल विश्वविद्यालयमा नर्सिङ अध्यापन गराउने स्वास्थकर्मीहरुको सामुहिक पहल बाट युरोपले हेल्थ प्रोफेसनल हरुको एक सोसाइटी पाएको छ।

उक्त सोसाइटीको भर्च्युअल घोषणा सभालाई अष्ट्रियाका लागि नेपाली राजदूत भरत कुमार रेग्मीले उद्घाटन गरे।

स्विजरल्याण्ड निवासी डा. बिनय श्रेष्ठ चेयरपर्सन रहेको उक्त सोसाइटीको अपरेसनल डाइरेक्टरमा अष्ट्रिया निवासी सागर सुबेदी चुनिएका छन्। सर्बसम्बत् रुपमा गठन गरिएको उक्त सोसाइटीको अन्य पदहरुमा उप चेयरपर्सन स्विडेन निवासी डा दिपराज थापा, फाइनान्स डाइरेक्टरमा जर्मन निवासी डा. सागर धिताल , मेम्बरशिप र आउटरिच डाइरेक्टरमा जर्मन निवासी डा सुनील हमाल, प्रोफेसनल डेभलोप्मेन्ट डाइरेक्टरमा क्रमश: फिनल्याण्ड निवासी डा मनोज बस्नेत, डेनमार्क निवासी लक्ष्मी बेल्वासे र नेदरल्याण्ड निवासी डा किशोरमणि श्रेष्ठ रहेको जनाइएको थियो।

नवगठित कार्यसमतिका सदस्यलाई अष्ट्रियाका लागि नेपाली राजदूत तथा उक्त कार्यक्रमका प्रमुख अतिथि भरतकुमार रेग्मीले सपथ खुवाएका थिए।

उप चेयरपर्सनसमेत रहेका डा. दिपराज थापाले स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा विश्व स्वास्थ संगठनका विभागीय डाइरेक्टर समेत रहिसकेका डा शम्भु आचार्यले पठाएको लिखित सन्देशलाई बाचन गरेर सुनाइएको थियो भने गैरआबासीय नेपाली संघ युरोप क्षेत्रका पूर्व उप संयोजक समेत रहिसकेका सामाजिक व्यक्तित्व शुक्रराज न्यौपानेले नितान्त प्रोफेसनल व्यक्तित्वहरु जोडिएको संस्थाबाट युरोपले ठूलो आशा राखेको भन्दै शुभकामना ब्यक्त गरेका थिए।

नेपाल र युरोपमा कार्यरत स्वास्थ प्रोफेसनलको बिचमा क्षमता अभिबृद्धि, नयाँ अनुसन्धानका केन्द्रित रहेका बेबिनार आयोजना साथै नेपालको ग्रामिण क्षेत्रमा कार्यरत स्वास्थकर्मीको हौसाला साथी पेशागत दक्षता अभिबृद्धि गर्ने हेतुले बार्षिक रुपमा “नेपाली रुलर हेल्थ अवार्ड” समेत वितरण गरिने समेत घोषणा गरिएको थियो।

बिबिसी नेपाली सेबामा लामो समय काम गरिसकेका भगिरथ योगी, लेखक पन्चम अधिकारी, अनेसासका केन्द्रीय उपाध्यक्ष डिल्लीराम अम्माई साथै प्रकृतिप्रेमी लेखक ददि सापकोटाको समेत उपस्थित रहेर शुभकामना दिइएको कार्यक्रममा अधिक बक्ताहरुले खाता माला र भाषण बाट माथि उठेर समुदायको हितको पक्षमा सोसाइटीले काम गरोस भनेका थिए भने उक्त कार्यक्रमलाई सोसाइटीका अपरेसनल डाइरेक्टर सागर सुबेदीले संचालन गरेका थिए।

अष्ट्रियाको राजधानी भियनालाई आफ्नो मुख्य कार्यालय स्थापना गरेको सोसाइटीको कार्यक्रममा युरोप महादिपमा रहेर स्वास्थ क्षेत्रसँग आबद्ध रहेका स्वास्थकर्मी साथै नेपालका राष्ट्रिय पत्रिकाका युरोप प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *