शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको छः पर्यटनमन्त्री पाण्डे

डिसी नेपाल
१६ भदौ २०८१ २०:३९

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताएका छन्।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

“डोरी टाङ्नेदेखि आरोहीलाई शिखरमा पु¥याउने काममा शेर्पाहरूले योदान गरेकै कारण पर्वतारोहण सहज तथा सफल भएको छ । यसैले शेर्पाका कारण सगरमाथा विश्वमा चिनिन थप मद्दत पुगेको मेरो बुझाइ छ”, मन्त्री पाण्डेले भने।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिकाका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जांबु शेर्पासम्म रहेका छन्। कार्यक्रममा पालिकाको सद्भावनादूतमा कुंगा शेर्पालार्ई घोषणा गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *