अमेरिकाबाट नेपाली राशिफल

सेप्टेम्बर १ देखि १५सम्म

मेष राशि : चु,चे,चो,ला,लि,लु,ले,लो,अ

स्वास्थ्यमा सुधार आउनेछ। सन्तानसुख प्राप्त होला। गरेका कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। अचल सम्पत्तिको कारोवार राम्रो रहनेछ। वैदेशिक यात्राको योग रहेकोछ। धार्मिक कार्यमा संलग्नता रहनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। प्रेमी प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ। सामाजिक सद्भावमा विचलन आउनेछ। साझेदारी व्यापारमा प्रसस्त लाभ मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

वृष राशि : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

स्वास्थ्यसम्बन्धी समस्याले सताउला। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मनमा चञ्चलता उत्पन्न हुनेछ। मनोरञ्जनपूर्ण यात्रा गर्नुपर्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्ने छ। अध्ययनअध्यापनमा विशेष मन जानेछ। साहित्य, संगीत र कलाक्षेत्रबाट सफलता प्राप्त हुने छ। उद्योग, कल कारखानामा गरिएको लगानीबाट सफलता मिल्नेछ। जागीरमा पदोन्नतिको योग रहेको छ। मानसम्मान मिल्ने देखिन्छ।

मिथुन राशि : का,कि,कु,घ,ङ,छ,के,को,हा

आकस्मिक धनको क्षति हुनसक्छ। सामाजिक सद्भावमा वृद्धि हुनेछ। टाढिएका मित्रहरुसँग भेट हुनाले मनमा प्रसन्नता छाउनेछ। शैक्षिक लगानि वृद्धि हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनुका साथै आम्दानीको स्रोत पनि सबल बत्रेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। पठन पाठनमा अपेक्षाकृत मन नलागे पनि परीक्षा तथा अन्तर्वाताको नतिजा भने राम्रो आउनेछ। कुल कुटुम्बको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ।

कर्कट राशि : हि,हु,हे,हो,डा,डि,डु,डे,डो

गरेका कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। राजनीतिक कार्यमा प्रगति हुने छैन। वैदेशिक यात्राको योग रहेको छ। राज्यबाट मान सम्मान पाइएला। मनमा उत्साह र हर्ष बढ्ने देखिन्छ। व्यापारिक कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। समाजका विशिष्ट व्यक्तिहरुसँगको सम्बन्धले कार्य सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। लेखनकार्यमा मन लाग्नेछ। पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ।

सिंह राशि :मा,मि,मु,मे,मो,टा,टि,टु,टे

सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। मनमा प्रसन्नता तथा कार्यमा उत्साह बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छैन। अनुसन्धानात्मक कार्यमा सफलता मिल्ने देखिन्छ। कुटनैतिक कार्यमा प्रगति नहोला। पठन पाठनमा सफलता पाइनेछ। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। रमाइलो धार्मिक यात्राको योग रहेकोछ। मान्यजनको सल्लाह लिनु श्रेयष्कर रहनेछ। अधुरा कामहरु सुचारु हुनेछन्। विलासिताका सामाग्री खरिदमा खर्च बढ्नेछ।

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

वाणिज्य व्यापारमा सुधार आउनेछ। वैदेशिक व्यापारमा उन्नति हुने देखिदैन। मनमा चञ्चलता बढ्नेछ। शारीरिक दुर्वलता बढ्नेछ। स्वास्थ्यमा धन खर्चिने समय रहेको छ। शरीरका वायाँ अङ्गको पीडा हुन सक्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोजगारीका नयाँ क्षेत्रहरु फेला पर्न सक्नेछ। मानसिक अन्तद्र्वन्द्व बढ्नेछ। आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योग रहेको छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

तुला राशि : रा,री,रु,रे,रो,ता,ती,तु,ते

सामाजिक पद प्रतिष्ठा मिल्ने छ। मान्यजनसँग भेटघाट गर्ने अवसर मिल्नेछ। धार्मिक यात्राको योग छ। अध्ययन अध्यापनमा अवरोध आउनेछ। राजनैतिक कार्यमा गतिरोध आउला। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा प्रसस्त लाभ नहोला। स्वास्थ्यमा समस्या आउने देखिन्छ। शत्रु सबल हुने हुँदा कार्यमा सावधानी अपनाउनु पर्ने हुन्छ। पारिवारिक सुख प्राप्त हुनेछ। सामाजिक कार्यमा समय बित्नेछ। साझेदारी कार्यमा हानी व्यहोर्नु पर्ला।

वृश्चिक राशि : तो,ना,नी,नू,ने,नो,या,यि,यू

धनार्जनका नयाँ स्रोतहरु फेला पर्नेछन्। स्वास्थ्यमा बाधा आउने देखिन्छ। मनमा उत्साह बढ्नुका साथै कार्यमा सफलता मिल्नेछ। दाजुभाइको सहयोगले थालिएका कार्य सफल हुनेछन्। अध्ययन अध्यापनमा रुचि बढे पनि अपेक्षित लाभ नमिल्ला। स्मरण शक्ति कमजोर रहन सक्छ। शत्रुहरु मित्र बनेर सहयोगी बन्लान्। सन्तानबाट सहयोग प्राप्त हुनेछैन। वैदेशिक यात्रा सामान्य रहनेछ। चोटपटकको सम्भावना पनि देखिन्छ। कलाको क्षेत्रमा लगानी बढ्नेछ। अवरुद्ध रहेका कार्यहरु सुचारु हुनेछन्।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

आर्थिक क्षेत्रमा लगानीको योग देखिन्छ। शारीरिक परिश्रम बढेपनि सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सहयोग र सद्भावको भाव विकास हुनेछ। व्यापारव्यवसायबाट प्रसस्त आमदानीको श्रोत खुल्नेछन्। सामाजिक कार्यमा मान सम्मान प्राप्त गरिनेछ। आकस्मिक धनलाभको योग रहेको देखिन्छ। मानसिक चञ्चलताले सताउन सक्नेछ। सामाजिक संवेदना र दायित्व बढ्नेछ। मित्रहरुको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्यमा सफलताका सम्भावनाहरु देखिन्छन्।

मकर राशि  : भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

पठन पाठनमा सफलता पाइनेछ। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। रमाइलो धार्मिक यात्राको योग रहेकोछ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ। अनुसन्धानात्मक कार्यमा सफलता मिल्ने देखिन्छ। मान्यजनको सल्लाह लिनु श्रेयष्कर रहनेछ। संगीतप्रतिको झुकाब निरन्तर बढ्दै जाने देखिन्छ। अधुरा कामहरु सुचारु हुनेछन्। विलासिताका सामाग्री खरिदमा खर्च बढ्नेछ।

कुम्भ राशि  : गु,गे,गो,सा,सी,सु,से,सो,द

स्वास्थ्यमा सुधारको संकेत देखिन्छ। सांस्कृतिक कार्यमा योगदानको सम्मान हुृनेछ। प्राविधिक क्षेत्र सबल रहनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। सामाजिक कार्यमा संलग्नता हुने अवसर मिल्नेछ। गरेका कार्यबाट प्रसस्त सन्तुष्टि मिल्नेछ। दायित्वबाधको अनुभूतिबाट महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। मित्रहरुबाट सहयोगका सम्भावनाहरु खुल्नेछन्। लेखन र कलाको क्षेत्रमा सुधार आउने देखिन्छ। स्थानान्तरणको योग बन्नेछन्।

मीन राशि : दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

साथीभाइको सामान्य सहयोग प्राप्त हुनेछ। अनौठो यात्राको योग खुल्नेछ। कार्यप्रतिको व्यस्तता बढ्नेछ। सामाजिक कार्यमा सहभागिताको अवसर मिल्ने छ। स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट प्रतिफल सामान्य रहनेछ। बन्धुबान्धवको सहयोगबाट जटिल कामहरु बन्नेछन्। मान्यजनबाट प्रशस्त सहयोग पाउनुहुनेछ। सामाजिक दायित्वबोधको अनुभूति हुनेछ। दाम्पत्य जीवनमा मनोमालिन्यता बढ्न सक्छ। महत्वपूर्ण कार्यमा व्यबधान आउनेछ।

 

 

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *