दुर्गा प्रसाईको आयोजनामा प्रभुद्ध भेला
काठमाडाैं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजधानीमा एक कार्यक्रमको आयोजना गरी विद्वतवर्गसँग परामर्श गरेका छन्। आगामी मंसीर ७ गतेदेखि गर्ने भनिएको व्यवस्था परिवर्तन गर्ने आन्दोलनमा समर्थन जुटाउन र सल्लाह सुझाव लिन सो कार्यक्रम राखिएको हो।
अभियान गठन भएको डेढ वर्षको अवधीमा भएका कामहरुको समीक्षा गरिनुका साथै विद्वत वर्गले आ-आफ्नो मन्तव्य राखे। मुख्यतः गणतंत्रको विकल्प खोज्ने, प्रदेश संरचना खारेज गर्ने, हिन्दु राष्ट्र कायम गर्ने, भ्रष्ट्र तस्कर माफियालाई सार्वजनिक गरी कारवाही गर्ने र बैंक, सहकारी, लघुवित्तबाट पीडितहरुको आवाज उठाउने काम गर्दै आएको छ।
सो कार्यक्रममा डा. रामप्रसाद उप्रेती, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, डा. शास्त्रदत्त पन्त, दिपक ज्ञवाली, ऋषिवावु परियार, अनिल योगी, रंजन खनाल, खेमराज सेढाई, एस.के. तिमिल्सिनालगायतका विद्वत वर्गले आफ्नो मन्तव्य राख्दै अभियानमा सहकार्य गर्ने बताए।
विगतमा भएका कमजोरीलाई सच्याउँदै आगामी मंसिर ७ देखि व्यवस्था परिवर्तनको निर्णायक आन्दोलन सुरु गरिने बताइएको छ।
Facebook Comment