धुलिखेल-खावा सडक: हिउँदमा धुलाम्मे, वर्षामा हिलाम्मे

दिपा पौड्याल
१७ भदौ २०८१ १३:३४

काठमाडाैं। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक दैनिकजसो अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ।

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीको काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अबरुद्ध हुने गरेको छ। हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरुले कष्टकर यात्रा गर्न बाध्य छन्।

धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीको कामको जिम्मेवारीको सम्हालेको निर्माण व्यवसायी गौरी-पार्वती निर्माण सेवा प्रा.लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र परेको हो।

सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी-पार्वती निर्माण सेवा प्रा.लिबिच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो। सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो।

४ किलो मिटर सडकखण्डमध्ये २ किमि सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार, ४० प्रतिशत सम्पन्न भएको कार्य पनि पहिरोले बिगारेको हुनाले यसलाई फेरि दोहोर्‍याएर गर्नुपर्ने देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *